• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विश्वविद्यालय क्याम्पसमा स्ववियु सभापतिको उम्मेदवार बने दाङका मदन केसी




दाङ, २५ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा विश्वविद्यालयका इन्चार्ज समेत रहेका दाङको बंगलाचुली घर भएका मदन केसी विश्वविद्यालय क्याम्पसमा स्ववियु सभापति पदको उम्मेदवार बनेका छन् ।

संगठनले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि संगठनको तर्फबाट युवा, जुझारु तथा लोकप्रिय केसीलाई बुधबार विश्वविद्यालय क्याम्पस किर्तिपुर काठमाडौंको स्ववियु सभापति पदको उम्मेदवार घोषणा गरेको हो ।

संगठनले देशको व्यवस्था र त्रिविको अवस्था फेर्न अखिल (क्रान्तिकारी) विप्लव रोजौं भन्ने मूलका साथ उक्त क्याम्पसको स्ववियु सभापतिमा केसीलाई उम्मेदवार घोषणा गरेको हो ।

त्यसैगरी संगठनले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) विप्लव उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन सम्पूर्ण विद्यार्थीहरुलाई
आह्वान समेत गरेको छ ।

दाङको बंगलाचुली घर भएका मदन केसी सानै उमेरदेखि विद्यार्थी इकाई कमिटी, जिल्लाको नेतृत्व हुँदै हाल संगठनको केन्द्रीय सचिवालय सदस्य समेत रहेका छन् । केसी विद्यार्थीको हकहित र अधिकार प्राप्तिका लागि थुप्रै संघर्षरत आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् । उनी हाल काठमाडौंमा बसेर विद्यार्थी राजनीतिलाई सक्रिय रुपमा अगाडि बढाइरहेका छन् ।

 

Facebook Comments