• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गढवा गाउँपालिकाले विविध कार्यक्रम गरी ११३औं अन्तराष्ट्रिय महिला दिवस मनायो




आलोक भावुक

गढवा, २५ फागुन। गढवा गाउँपालिकाले बिबिध कार्यक्रम गरी ११३औ अन्तर्राष्ट्रिय महिला दिवस गढवा – ४ गंगाप्रसपुरमा मनाएको छ । हरेक बर्ष मार्च ८ तारिकमा मनाउने महिला दिवस आर्थात आजकै दिन १ सय १३औं अन्तर्राष्ट्रिय महिला दिवस ‘लैङ्गिक समानताको बलियो आधार, सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ गढवा गाउँपालिकाले बिबिध कार्यक्रमका गरी मनाएको हो ।

गढवा गाउँपालिका कार्यपालिका सदस्य रमा भण्डारीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य एवम् गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको बिशिस्ट आतिथ्यमा ११३औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रममा सम्पन्न भएको छ।
११३औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले अझै पनि नेपालमा महिलामाथि हुने हिंसाहरूमा कमी नआएको बताउनुभयो। लैङ्गिक हिंसाले महिलाको साथै पुरुषहरूको पूर्णक्षमताको प्रयोगमा नकारात्मक असर पर्नुको साथै आर्थिक विकास र महिला सशक्तीकरणको बाटोमा अवरोध सिर्जना भएको भन्दै हिंसा न्युनिकरणका लागि सबैले साझा एजेण्डाको रूपमा अघि बढ्न आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा महिलाका नाममा अधिकार सम्बन्धि थुप्रै कानुन बनेपनि कार्यान्वयनको पाटो फितलो बन्दा सामाजिक कुरिती मौलाएको कार्यक्रम बोल्ने वक्ताहरुले बताउनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले अन्तर्राष्ट्रिय महिला दिवस महिला मुक्तिको पर्व भएको बताउदै महिला मुक्ति आन्दोलन पुरुष विरोधी आन्दोलन नभएको र महिला पुरुष एकसाथ अघि बढनुपर्ने बताउनु भयो।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन रहेको छ।
महिला दिवसको उपलक्ष्यमा कविता प्रतियोगिता सम्पन्न भएको हो। कविता प्रतियोगितामा सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियाकी एलिशा थारु कुमाल प्रथम, बुध्द ज्योति माध्यमिक विद्यालय गढवाकी दर्शना यादव द्वितीय, जनता माध्यमिक विद्यालयकी बिध्या शर्मा तृतीय स्थान हाँसिल गर्नु भएको थियो, त्यसैगरी ‘घडीको सुई घुम्ने र बिपरित दिशामा घुम्ने’खेलमा लिला गिरी प्रथम, सावित्रा पौडेल द्वितीय र सुनिता थारु कुमाल तृतीय स्थान हाँसिल गर्नु भएको हो ।नारी दिवशको अवसरमा कविता प्रतियोगिता, बिभिन्न खेल, तथा नाचगान गरी मनाएको छ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, बिभिन्न संघ संस्थाहरुको, गढवागाउँपालिकामा क्रियाशील राजनीतिक दलहरु लगायतकाको उपस्थिति रहेको थियो।

कार्यक्रममा गढवा गाउँपालिका वडानम्बर – ३ का वडाध्यक्ष तुलसी राम अधिकारी, ४ नम्बर वडाका वडाध्यक्ष हरिभगत चौधरी, ४ नम्बर वडा सदस्य टुकमान कुंवर, संघ संस्थाबाट सिता चौधरी, देउखुरी साहित्य तथा संस्कृति मञ्चका अध्यक्ष हरि पोख्रेल, अखिल महिला (क्रान्तिकारी) संघ जिल्ला उपाध्यक्ष दिपा पुन मगर, नेकपा एमालेका क्षेत्रिय सदस्य खुमानन्द पोख्रेल, राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिका अध्यक्ष कपिलदेव खनाल लगाएतकाले बोल्नु भएको थियो ।

पाविकागत संघ, संस्था लगायत गढवामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधीहरु,बुद्धिजिवि,समाजसेवी,शिक्षक, प्रहरी, महिला स्वास्थ्य स्वयंसेविकाहरुको बाक्लो आतिथ्य रहेको कार्यक्रमलाई सभापति,प्रमुख अतिथि,बिशिस्ट अतिथि र अन्य अतिथिहरुका संयुक्त रुपमा व्यानर अनावरण, दिप प्रज्वलन ,तथा राष्ट्रिय गितद्धारा समुत्घाटन गरिएको थिए ।

गढवा गाउँपालिका न्यायिक समिति सदस्य रेखा थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।

Facebook Comments