घोराही, २४ फागुन । १ सय १३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दाङले घोराहीमा ¥याली निकालेको छ ।
घोराहीको शहीदगेटबाट शुरु भएको ¥याली दामोदर चोक, तुलसीपुर चोक हुँदै नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा गएर शुभकामना आदानाप्रदान कार्यक्रममा परिणत भएको थियो ।
सो अवसरमा आत्मनिर्भर भएका पाँच जना महिलाहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा तरकारी व्यवसायी वसन्ती घर्ती, फलफूल तथा तरकारी व्यवसायी तुमकुमारी पुन, किराना व्यवसायी शीला चन्द, गिट्टी मजदूर रुपना विक र मासु व्यवसायी निर्मला राई हुनुहुन्छ ।
संगठनका जिल्ला अध्यक्ष दीलकुमारी बुढाको अध्यक्षता एवम् संगठनकी केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इञ्चार्ज दामा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य भीमकुमारी बाँठा, अनेमसंघ क्रान्तिकारीकाम केन्द्रीय सचिवालय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज पुनम शेर्पाली, मानव अधिकार सञ्जालकी सुशील पौडेल, अनेरास्ववियू (क्रान्तिकारी) की दाङ जिल्ला इञ्चार्ज विन्दु खड्का, माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य लक्ष्मी चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संगठनका उपाध्यक्ष आइतमाली वली विकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष रेमन्ता पुनले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।