• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अधिकारकर्मी तथा सामाजिक अभियन्ता साजिदा सिद्दिकीद्वारा नारी दिवसकाे शुभकामना




घाेराही २४ फागुन । महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता साजिदा सिद्दिकीले आज नारी दिवसकाे अवसरमा शुभकामना दिनुभयकाे छ । २० बर्ष देखि सामाजिक क्षेत्रमा काम गर्दै आउनुभयजी सिद्दिकीले नारीहरुकाे सम्मान गर्दै नारीहरुप्रति गरिने हिंसा तथा दुरब्यहार अन्त्य हुनुपर्ने बताउनुभयकाे छ । नारी एक सहनशीलताकाे प्रतीक भएकाे भन्दै अब हिंसा सहेर बस्न नहुने तर्क गर्नुभएकाे छ ।

आज एक शुभकामना जारी गर्दै उँहाले यस्ताे बताउनुभएकाे हाे । नारी दिवस दिवसमा मात्र सिमित नभएर प्रत्यक्ष्य अनुभव हुनेगरी काम गर्नुपर्ने बताउनुभयाे । शहरमा नारी दिवस धुमधामका साथ मनाईरहदा ती गरिव ,निमुखा तथा श्रमिक महिलाहरुले नारी दिवस भन्ने कुरा थाहा नपाउदा अझै पनि कैयाै नारीहरु ओझेलमा परेकाे बताउनुभयाे ।

यसकाे बारेमा नागरिक समाज ,सरकारी निकाय , स्थानीय सरकार ,अधिकारकर्मी लगायतले ध्यान दिनुपर्ने पनि उँहाले बताउनुभयाे । बर्षाैदेखि नारी दिवसकाे अवसरमा कार्यक्रम गर्दै आउनु भएकी नेकपा एमालेकाे केन्द्रीय सदस्य समेत रहनुभयकी सिद्दकी यसपटक नेकपा एमालेका ग्रासरुट अभियान अन्तरगत कपिलबस्तु जिल्लामा खटिनुभयकाे छ ।

याे अभियानकाे कुशलता पुर्वक कार्य गरी आफुलाई सफल कमान्डरकाे रुपमा परिचित पनि गराउनु भएकाे छ । उँहा पार्टीकाे निर्देशन अनुसार नियममा रहि कार्यक्षेत्रमा खटिनुभएकाे छ ।

Facebook Comments