• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राजपुरमा एकजना युवतीले गरिन झुण्डिएर आत्महत्या




श्रवण कुमार यादव
राजपुर, २२ फागुन । राजपुर गाउँपालिका वडा नं ३ प्रतापपुर माइत भएकाे र हाल राजपुर गाउँपालिका वडा नं ४ दुलैया स्थित घर भएकी अन्दाजी २१ वर्षकी रञ्जना कुमारी यादवले आज सोमबारका दिन  झुन्डिएर आत्महत्या गरेकी छन्।

हिजो भर्खर आफ्नो घरबाट माइतीघर फर्किएर आएकी यादवले आफ्नै माइतीघर नजिक रहेको श्री शक्ति सामुदायीक वनकाे बौरहावा खोला नजिकमा घर भन्दा करिव सय मिटरभित्र वनमा गई विहान करिब ९ बजेतिर सलमा  झुण्डिएर आत्महत्या गरेकी हुन्। यादवले भर्खरै यहि गत महिनाको २७ गते विवाह बन्धनमा बाँधिएकी थिइन्।

मृतक युवातीलाई लमही अस्पतालमा शव पोष्टमार्टम पछि घर परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी विर बहादुर ओलीले जानकारी दिनुभएको छ ।

Facebook Comments