• २६ कार्तिक २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
तुलसीपुरमा खुकुरी प्रहारबाट एक युवक घाइते




 दाङको तुलसीपुर ३ दमारगाउँको गुम्बा नजिकै खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–३ निवासी १८ वर्षका दिपेश कौसल रहेका छन् । घाइते को राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको आमा दिलमाया नेपालीले जानकारी दिनुभयो ।

बेलुकी पाँच बजे तुलसीपुर –९ चुलेसी निवासी २१ वर्षका नवराज भुसाल र सोही ठाउँका गोविन्द भन्ने २ जनाले सडकमा हिडिरहेका कौसललाई टाउकोमा खुकुरी प्रहार गरेर भागेको पिडित परिवारले जानकारी दिएको छ ।

यता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको र खोजी कार्य जारी रहेको बताउनुभएको छ ।

Facebook Comments