• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिबाह बन्धनमा बादिदै गायिका भूमिका गिरी




र्चित लोकगायिका भूमिका गिरी प्रेमीसँग विवाह बन्धनमा बाँधिने भएकी छन् । सोमबार सल्यानका हिजन विष्टसँग उनले लगनगाँठो कस्ने भएकी हुन् । केही समयदेखिको प्रेम सम्बन्धलाई यी दुईले दाम्पत्य जीवनमा परिणत गर्न लागेका हुन् ।

सोमबार सल्यानमा वैवाहिक समारोह आयोजना गरिएको छ । आफन्त र साथीभाइको सीमित उपस्थितिमा विवाह गर्न लागेका हुन् । भूमिकाले शनिबार बेलुका लाजिम्पाटको सम्पदा गार्डेनमा ब्याचलरेट पार्टी आयोजना गरेकी थिइन् । सामाजिक सञ्जालमार्फत उनले यसबारे जानकारी दिएकी छन् ।

पार्टीको तस्वीर सार्वजनिक गरेपछि गायिका गिरीलाई सामाजिक सञ्जालबाट फ्यानले बधाई तथा शुभकामना दिइरहेका छन् ।  ।

Facebook Comments