• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्यूठानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु




प्यूठान, २० फागुन ।  प्यूठानमा आज शनिबार मोटरसाइकल र जेसिबि एकआपसमा ठोक्किदा  एक जनाको मृत्यु भएको  छ ।  जिल्लाको माण्डवी गाउँपालिका ५ आपचौरमा काम गरिरहेको ना. १ क. ३४१६ नम्बरको जेसिबिमा बरौंलाबाट बिजुवारतर्फ आउदै गरेको लु २१ प ६२१९ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

ऐरावती गाउँपालिका २ हरियाटारी बस्ने ४५ बर्षका राम बहादुर थापा (गोपाल) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

मोटरसाइकल पछाडी बसेका ऐरावती गाउँपालिका ४ घर भएकी बसन्ता आचार्य (भुषाल) घाइते भइ उपचारका लागि जिल्ला अस्पताल बिजुवारबाट बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले बताएको छ ।

जेसिबि चालक झिमरुक गाउँपालिका ४ कुटिचौरका जीवन श्रेष्ठ र जेसिबि इलाका प्रहरी कार्यालय बिजुवारको नियन्त्रणमा रहेको छ ।

Facebook Comments