• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
`राष्ट्रिय राजनीति ठूलो संकटमा´ : इन्चार्ज सविन




घोराही / नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सबिन सीले नेपालको राष्ट्रिय राजनीति ठूलो संकट परेको बताएका छन् । नेकपा पूर्वी दाङले शुक्रबार घोराहीमा आयोजना गरेको संगठनात्मक विशेष बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

बैठकका प्रमुख अतिथि समेत रहेका पार्टीका इन्चार्ज सविनले पछिल्लो चरणको राजनीति घटना क्रमको बारेमा उल्लेख गर्दै नेपालको राष्ट्रिय राजनीति ठूलो संकटमा पर्दै गएको बताए । उनले नेपालमा भएका राजनीति दलहरुको सत्ता, पद र कुर्सीको लडाइसँगै संसदीय व्यवस्था दोस्रो पटक फेल भएको पुष्टि गरे ।

नेता सविनले यो असफल पूँजीवादी व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था भएको उद्घोष गर्दै पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत बैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्नुपर्ने बताए । उनले पार्टीको विचार र नीतिलाई जनतासँग जोड्नुर्ने र जनतासँग पार्टीको विचार र नीति जोडिएको दिन क्रान्ति सफल हुने समेत स्पष्ट पारे।

अब जनआधारित पार्टी र जनताद्वारा अनुमोदित नेता बन्नुपर्ने र त्यसका लागि सिर्जनात्मक संघर्ष चाहिएको भन्दै इन्चार्ज सविनले पछिल्लो समयमा लघुवित्तले सबैभन्दा बढी गाउँमा सास्ती दिएको र लघुवित्तको विरुद्ध पार्टीले थप संघर्ष गर्नुपर्ने कुरामा जोड दिए ।

आगामी चैत ५ गते हुने स्ववियु चुनावमा पार्टीको पूर्ण सहयोग रहने र स्ववियु निर्वाचन परिचालन समिति घोषणा गरेर जित्ने गरी मैदान प्रवेश गर्नुपर्ने उनको भनाइ छ ।

त्यसैगरी बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङकी इन्चार्ज सम्झना सीले पार्टीले लिएको ६ महिने आवधिक योजनालाई सम्पन्न गर्न आफूहरू अगाडि बढिरहेको बताइन् । उनले नेकपा सम्पूर्ण उत्पीडितहरुको
अभिभावक रुपमा रहेको भन्दै नेतालाई जनतासँग जोड्नका लागि जिल्लालाई सानो आकारमा बनाएको उद्घोष गरिन् ।

नेता सम्झनाले कम्युनिस्ट पार्टी कस्तो हुन्छ र त्यसमा आवद्ध नेताकार्यकर्ता कस्ता हुन्छन् भन्ने कुरालाई मध्यनजर गर्दै आफ्नो पहिचान दिनुपर्ने भन्दै पार्टीको नीति, विधि, पद्धति र अनुशासनलाई आत्मसात गर्दै गम्भीर बन्नुपर्नेमा जोड दिइन् ।

त्यस्तै पार्टीका केन्द्रीय प्रतिनिधि तथा राप्ती ब्यूरो कार्यालय सचिव विकास सीले पार्टीले लिएको ६ महिने आवधिक योजनाले पार्टी र संगठन सदृढ गर्ने सकारात्मक पक्ष भएको बताए । उनले आफूहरूको पार्टीले जनताको मन जितेको अनुभूति भएको भन्दै पार्टी जनतामाझ नभएर जनता पार्टीमा आएको कुरामा जोड दिए ।

नेता विकाले भौगोलिक हिसाबले संगठन विस्तार तथा सुदृढ गर्ने पार्टीको संरचना उत्कृष्ट भएको र हरेक क्षेत्रमा गहिरो तालमेल मिलाएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

उक्त बैठकले फागुन २१ गते सहितहरुलाई अभिनन्दन गर्ने, सम्पूर्ण पार्टीपंक्ति स्ववियु केन्द्रित हुने, फागुन २४ गते नारी दिवस मनाउने, फागुन २५ गते जनताका मुद्दा, समस्या लगायतका समसामयिक विषयमा स्थानीय तहमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको नेकपा पूर्वी दाङले जनकारी दिएको छ ।

त्यस्तै बैठकले पार्टी संगठनलाई थप प्रभावकारी बनाउनका लागि जिल्लामा ६ वटा पालिकास्तरीय एरिया बाडफाड, पार्टीको जिल्लामा १० जनाको सचिवालय गठन, अन्य बिभागीय जिम्मेवारी लगायतका महत्त्वपूर्ण निर्णयहरु गरेको पार्टीले जनाएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सबिन सीको प्रमुख आतिथ्यतामा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्ला इन्चार्ज सम्झना सी, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य तथा राप्ती ब्यूरो कार्यालय सचिव विकास सीको विशेष उपस्थिति रहेको थियो ।

बैठकको अध्यक्षता तथा संचालन नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सीले गरेका थिए ।

Facebook Comments