• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बनगाडमा एकदिने आँखा शिविर, ३२८ जना लाभान्वित 




सल्यान / सल्यान बनगाड कुपिण्डे नगरपालिकामा एक दिने आँखा शिविर संचालन भएको छ । शुकवार भएको सो शिविरको उद्घाटन नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले गर्नु भएको थियो ।

शिविरमा ३२८ जनाको आँखा चेकजाँच गरिएको छ । १७८ महिला र १५० जना पुरुष गरि जम्मा ३२८ जनाको आँखा चेकजाँच गरिएको छ । जसमा ६२ जनालाई अप्रेसनको लागि छनोट निशुल्क यातायातको व्यवस्था नगरपालिकाले गर्ने भएको छ ।

फाल्गुन २५ गते अप्रेसनका लागि सुर्खेत आँखा अस्पताल यातायातको व्यवस्था सुर्खेत सम्म जाने खर्च नगरपालिका व्यहोर्ने नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले बताउनु भएको छ । उहाँले भन्नू भयो जनताको सेवामा सधै लागि रहने र बृद्ध बुवा आमाहरूलाई झनै सहयोग गर्ने समेत बताउनु भएको छ । उहाँले भन्नू भयो आँखा चेकजाँच गर्दा लाग्ने खर्च समेत नगर पालिकाले व्यवस्था गरिदिएको नेपाल रेडक्रस सोसाइटी सल्लीबजारका सभापति पुष्कर बिसिले जानकारी दिनु भएको छ ।

नगरपालिका निशुल्क व्यवस्था गरिदिएको छ त्यसको समन्वय समेत राम्रो गरेको उहाको भनाइ रहेको छ । नगरपालिकाको आयोजना तथा रेडक्रस आँखा अस्पताल सुर्खेतको प्राविधिक सहयोगमा र नेपाल रेडक्रस सोसाइटी देवस्थल उप शाखाको समन्वयमा आज एक दिने बृहत आँखा शिविरमा सन्चालन भएको थियो ।

जसमा विभिन्न ठाउबाट चेकजाँचको लागि उपस्थिति भएको थियो । आँखा चेकजाँच गराउन आएको डाक्टर तथा स्वास्थ्यकर्मीको टोलिलाइ समेत सम्मान तथा बिदाइ गरिएको थियो ।

Facebook Comments