• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दुई लाख बढी पुरस्कार राशीको चुली कपको उपाधि रुकुम पश्चिमलाई




नबिन पिएम
सुर्खेत, १९ फागुन । “स्वास्थका लागि खेलकुद,रास्ट्रका लागि खेलकुद, खेल खेलाडीका लागि खेलाडी रास्ट्रका लागि” भन्ने नाराका साथ सुर्खेतको वीरेन्द्रनगरमा जारी दोस्रो चुली कप २०७९ कर्णाली प्रदेश स्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिमले जितेको छ । आज भएको फाइनल खेलमा आयोजक चुली युवा क्लब सुर्खेतलाई ३-१ मा हराउँदै रुकुमपश्चिमीले उपाधी हात पारेको हो ।

उपाधीका लागि शुक्रबार भएको फाइनल बेस्ट अफ फाइभ खेलमा चुली क्लबले पहिलो एक सेट जित्न सफल भएपनि रुकुम पश्चिमले लगातार तीन सेट जितेर उपाधी जितेको छ । विजेता रुकुम पश्चिमले नगद दुई लाख २० हजार ट्रर्फी र प्रमाणपत्र पाएको छ । भने उपविजेता चुली क्लब सुर्खेतलेले एक लाख ५० हजार ट्रर्फी र प्रमाणपत्र पाएको छ । यस्तै, तेस्रो भएको सल्यानले ७५ हजार ट्रर्फी र प्रमाणपत्र पाउँदा चौथो भएको एपीएफ कर्णालीले ५० हजार नगद पुरस्कार ट्रर्फी र प्रमाणपत्रमा चित्त बुझाएको आयोजक चुली युवा क्लब अध्यक्ष मोतिराम रम्तेलले बताउनु भयो ।

यस्तै, महिलातर्फ भएको भलिबल प्रतियोगितामा एभरेष्ट क्लव बुटवलले उपाधी जितेको छ । न्यु डाइमण्ड क्लव काठमाडौं उप–विजेता बनेको छ । तेस्रो आयोजक चुली क्लब भयो र चौथो रुकुम पश्चिम भएको छ प्रतियोगितामा महिला भलिबल तर्फ बिजेता एभरेस्ट क्लबले नगद १ लाख ५० हजार पुरस्कार ट्रर्फी र प्रमाणपत्र प्राप्त गर्यो । भने उप विजेता न्यु डाइमण्ड क्लवले ८० हजार पुरस्कार ट्रर्फी र प्रमाणपत्र
पाउँदा तृतिय चुली क्लबले ५० हजार ट्रर्फी र प्रमाणपत्र
र सान्त्वना भएको रुकुमले ३० हजार पुरस्कार ट्रर्फी र प्रमाणपत्र पाएका थिए ।

प्रतियोगितामा पुरुषतर्फ कर्णाली परदेशका १० र महिलातर्फ ६ टिमले सहभागीता जनाएका थिए । प्रतियोगितामा कर्णाली प्रदेश स्तरीय खुला भनिए पनि महिला तर्फ केही प्रदेश बाहिरका क्लबले पनि सहभागी जनाएका थिए भने पुरुष तर्फबाट जिल्ला स्तरीय टिमले उपस्तिथि जनाएका थिए ।

प्रतियोगिता अहि फागुन १५ गते देखि १९ गते सम्म सुर्खेतको बिरेन्द्रनगरमा संचालन भएको थितो प्रतियोगिता हेने देश परिका करिब ५० हजार बढी दर्शकहरुको बाक्लो उपस्थित रहेको थियो ।

Facebook Comments