• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जिल्लास्तरीय दोस्रो चुली कप : रुकुम पश्चिम फाइनलमा प्रवेश




रोशन क्षेत्री / रुकुम पश्चिम कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आयोजित दोस्रो चुली कपको फाइनल प्रवेश गरेको छ । आज बिहीबार भएको दोस्रो सेमिफाइनलमा सल्यानलाई ३–० को सोझो सेटमा पराजित गर्दै रुकुम पश्चिम फाइनलमा प्रवेश गरेको हो । अव रुकुम पश्चिमले फाइनलमा सुर्खेतसंग प्रतिस्पर्धा गर्ने छ । सुर्खेत एपिएफलाई पारजित गर्दै फाइनल प्रवेश गरेको हो ।

खेल जिल्लास्तरीय हो । प्रतियोगिताको विजेताले नगद २ लाख २० हजार पुरस्कार पाउँने छ । उप विजेताले १ लाख ५० हजार पुरस्कार पाउँदा तृतियले ७५ हजार र सान्त्वनाले ५० हजार पुरस्कार पाउने आयोजक चुली युवा क्लले जनाएको छ । महिला तर्फ पनि रुकुम पश्चिम सेमिफाइनल पुगेको छ । अहिले सेमिफाइनलमा रुकुम पश्चिमले एभरेष्ट क्लव विच प्रतिस्पर्धा भइरहेको छ ।

महिला तर्फको विजेताले १ लाख ५० हजार पुरस्कार पाउने छ । उप विजेताले ८० हजार, तृतियले ५० हजार र सान्त्वना हुने टोलीले ३० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

Facebook Comments