• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुरुकुल मिनी सागा हाउसको आज तेस्रोदिन २ र ५ कक्षाका विद्यार्थीद्वारा कथा बाचन




फाल्गुन १८ दाङ ।  गुरुकुल एकेडेमीको मिनी सागा हाउस तेस्रोदिनको कार्यक्रम आज सम्पन्न भएको छ । मन्टेश्वरी देखि कक्षा ७ सम्मका विद्यार्थीहरू यो कार्यक्रममा सहभागी हुने कथा वाचन कार्यक्रममा आज तेस्रोदिन कक्षा २ र ५ का विद्यार्थिहरुले आफ्नो कथा प्रस्तुत गरेका हुन ।

विद्यार्थीहरूको सर्वाङ्गीण विकासको लागि विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराउने गुरुकुल एकेडेमीले हरेक वर्ष गुरुकुल मिनी सागा हाउस कार्यक्रमको आयोजना गर्ने गर्दछ । कक्षा २ का विद्यार्थीहरुले आफ्ना अभिभावकहरुको उपस्थितिमा कथा वाचन गरेका हुन् । विद्यार्थीहरूले आफ्नो कथा लेख्नको लागि छुट्टै पुस्तक बनाई कथा तयार गरि आफ्नो अभिभावकलाई कथा सुनाउनु पर्ने हुन्छ जस अन्तर्गत आज कक्षा २ का ४४ जना विद्यार्थीहरूले कथा वाचन गरेको मन्टेस्वरि संयोजक लोचना पौडेलले जानकारि दिनुभयो ।

विद्यालयले हरेक बर्ष विद्यार्थिहरुको लागि विभिन्न अतिरिक्त कृयाकलाप अन्तर्गत ब्यबहारिक शिक्षा प्रदान गर्ने गर्दछ । यसले गर्दा वालवालिकाको पढ्ने र लेख्ने मात्र नभई अन्य क्षमताको बिकास पनि हुने हुदा यो बिधाबाट शिक्षा दिईएको विद्यालयका मन्टेस्वरि सह संयोजक मञ्जरि पुनले जानकारि दिनुभयो । कथा वाचन कार्यक्रममा उपस्थित हुनुभयका अभिभावकले गुरुकुल एकेडेमिको शैदान्तिक शैक्षिक प्रणालि र यस्ता अतिरिक्त कार्यक्रमले आफ्ना वालवालिकाले धेरै कुरा सिक्न पाएको र उनिहरुको मनोवल बढ्ने बताउनु भएको छ गुरुकुल एकेडेमि मन्टेस्वरिका बालबालिकालाई शिक्षण शिकाई गर्ने पहिलो गन्तव्य समेत रहेको बताएका छन ।No description available.

यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्ने पनि अभिभावकको भनाई छ। कथा बाचन कार्क्रममा बिद्यार्थिहरुले कुनै न कुनै सन्देश दिने खालको कथा लेखेका थिए । कथा सुनाय पश्चात् उनिहरुले आफ्नो कथाले दिन खोजेको सन्देश के थियो भन्ने बारेमा पनि प्रष्ट पारेका थिय । मन्टेस्वरि देखि कक्षा ७ सम्म प्रत्येक कक्षाबाट पहिलो ,दोस्रो र तृतिय स्थान हासिल गर्ने विद्यार्थिहरु छनोट गरिने र अन्तिममा सबै उत्कृष्ट हुने विद्यार्थिहरु बाट पनि पहिलो ,दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थिलाई पुरस्कृत गरिने छ ।वालवालिकाहरुको कथा लेखन कार्यक्रममा सहयोग पुर्याएको भन्दै विद्यालयले धन्यबाद ब्यक्त गरेको थियो ।

२ वटा समुहमा भएको कार्यक्रममा विद्यालयको मन्टेस्वरी संयोजक लोचना पौडेल र सह संयोजक मंजरी पुनको अध्यक्षतामा कार्यक्रम भएको थियो भने कार्यक्रमको सहजिकरणा शिक्षिका सुस्मिता बस्नेतले गर्नुभएको थियो ।कथा बाचन कार्यक्रमको संचालन कक्षा २ का विद्यार्थी रोसिका खनाल , श्रृधर डाँगि , रौनक लम्साल र निर्जला खड्काले गरेका थिए । कार्यक्रममा श्रृजना पौडेल लगायतले आफ्नो भनाई राख्नुभएको थियो । भोलि फाल्गुन १८ गते कक्षा ४ का बिद्यार्थिहरुको कथा बाचन कार्यक्रम हुने छ ।

Facebook Comments