• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्ने गाउँपालिकाले गर्‍यो, खेलाडीलाई सम्मान




मदन विसी
रुकुम पूर्व / सिस्ने गाउँपालिकाले १४औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागि खेलाडीलाई सम्मान गरेको छ । महेन्द्र मावि तकसेरामा सम्पन्न भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागि भएर गृह पालिका फर्किएका खेलाडीलाई गाउँपालिकाले बुधबार सम्मान गरेको हो ।फागुन १४ देखि १६ गतेसम्म भएको १४औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सिस्ने गाउँपालिकाले जितेको छ।

शिल्ड जितेर पालिका फर्किएका खेलाडी, शिक्षक, प्रशिक्षक र व्यवस्थापक सहितको टोलीलाई पन्चेबाजा सहित रुकुमकोट बजार परिक्रमा गराइएको थियो । बजार परिक्रमा पछि गाउँ कार्यापालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाले सम्मान गरेको हो । खेलाडी सहितको टोलीलाई गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी र उपाध्यक्ष गोपाल रेउलेले स्वागत र सम्मान गर्नुभएको हो।

खेलाडी, शिक्षक, प्रशिक्षक र व्यवस्थापक सहितको टोलीलाई अविर आवरण सहित खादा ओढाएर सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहले जानकारी दिनुभयो ।

सम्मान कार्यक्रममा बोल्दै पालिका अध्यक्ष रेग्मी र उपाध्यक्ष रेउलेले जिल्ला स्तरीय शिल्डमा उत्कृष्ट प्रर्दशन गरि पालिकाको गरिमा बढाउने सम्पुर्ण खेलाडीलाई थप प्रगतिको शुभकामना सहित धन्यवाद दिनुभएको छ ।

१० स्वर्ण, ८ रजत र ३ कास्य सहित सिस्ने गाउँपालिकाले १४औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । खेलाडीले जितेर ल्याएका शिल्ड र कप गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई हस्तान्तरण गरेका छन ।

Facebook Comments