• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती साहित्य परिषद्ले प्रदेशस्तरीय गजल प्रतियोगिता गर्ने




दाङ, १७ फागुन । राप्ती साहित्य परिषद्ले लुम्बिनी प्रदेश स्तरीय गजल प्रतियोगिता गर्ने भएकाे छ । परिषद्ले ४६ ओैँ स्थापना दिवस तथा २३ ओैँ साधारणसभाकाे अवसरमा गजल प्रतियोगिता गर्ने भएकाे हाे ।

गजल प्रतियोगितामा लुम्बिनी प्रदेशका स्रष्टाहरू सहभागी हुन सक्ने परिषदका अध्यक्ष टीकाराम उदासीले जानकारी दिएका छन् । परिषद्काे पछिल्लो सचिवालय बैठकले आगामी वैशाख मसान्तभित्र ४६ ओैँ स्थापना दिवस तथा २३ ओैँ साधारणसभा सम्पन्न गर्ने निर्णय गरेकाे हाे ।

बैठकले स्थापना दिवसकाे अवसरमा स्रष्टा तथा कृति सम्मानका लागि प्रतिभा छनाैट समितिसमेत गठन गरेकाे छ । समितिकाे संयाेजकमा परिषद्का सल्लाहकार पुरूषाेत्तम खनाल रहेका छन् । त्यस्तै समितिकाे सदस्यमा सुशील गाैतम, खगराज न्याैपाने, कमलमणि देवकोटा र केशव थापा रहेका छन् ।

बैठकले परिषद्का शाखाहरूलाई यही चैत्र मसान्तभित्र साधारण सभा सम्पन्न गर्न निर्देशन दिएकाे छ । साथै परिषद्ले रूकुम पश्चिमकाे शाखाकाे समयावधि एक वर्षका लागि थप गरी कार्य सञ्चालन गर्न पनि निर्देशन दिएकाे छ ।

यसका साथै बैठकले परिषद्का शाखाहरूले सम्बन्धित जिल्लामा २०७७ र २०७८ मा प्रकाशित भएका कृतिहरू केन्द्रीय परिषद्मा चैत्र मसान्तसम्म उपलब्ध गराउन अनुराेध गरेकाे छ । बैठक परिषद्का अध्यक्ष टीकाराम उदासीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

बैठकमा परिषद्का सल्लाहकार पुरूषाेत्तम खनाल, पद्मप्रसाद शर्मा, वरिष्ठ उपाध्यक्ष कमलमणि देवकाेटा, उपाध्यक्ष दीपक शर्मा समीर, काेषाध्यक्ष डा.खेमराज मल्ल, सदस्य खेमराज गाउँले, गाेपाल भुसाल अभिलाषी लगायतले धारणा राखेका थिए । बैठककाे सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।

Facebook Comments