• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा १६ हजार दाँते ओखरका विरुवा रोपियो




प्रभात गुरुङ
रुकुमपूर्व, १७ फागुन । लुम्बिनी प्रदेशको रुकुमपूर्व जिल्लामा डिभिजन वन कार्यालयले टर्कीबाट १६ हजार फरनर जातको दाँते ओखरको विरुवा ल्याएर रोपेको छ । ती १६ हजार ओखरको विरुवा रुकुमपूर्वको विभिन्न ठाउँमा फागुन १६ गते मंगलबारका दिन एकै साथ लगाइएका हुन् ।

लुम्बिनी प्रदेश वन मन्त्रिको प्रमुख उपस्थितीमा विरुवा रोपनको कार्य सुरु गरिएको हो । वन कार्यालयका नासु महेन्द्र भन्दारीका अनुसार जिल्लाका तीन वटै गाउँपालिकामा विभिन्न व्यक्तित्व हरूको उपस्थितिमा बिरुवा रोपन कार्यक्रम थालिएको हो ।No description available.

सिस्ने गाउँपालिकाको ५ नम्बर वडा रुमालबारामा लुम्बिनी प्रदेशका वन मन्त्रि दुर्गाप्रसाद चौधरी, भूमे गाउँपालिका ३ झुङ्लाबाङमा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ र पुथा उत्तरगंगा गाउँपालिकाको १३ पिपलतुङमा राष्ट्रिय भूमि आयोग जिल्ला शाखा अध्यक्ष दिपेन्द्र छन्त्यालले उद्घाटन गरेका हुन् ।No description available.

पुथाउत्तरगंगामा प्रदेश सांसद सुरुल पुन, दिलकुमारी बुढा, सरिता पुन लगायतको उपस्थिति रहने भनिए पनि कार्यब्यस्तताले उपस्थित हुन नसकेका हुन् । यी तीन ठाउँको कार्यक्रममा तीन वटै पालिकाका अध्यक्ष र उपाध्यक्ष आ आफ्नो पालिकाको कार्यक्रममा उपस्थित हुनुहुने थियो ।No description available.

विभिन्न ठाउँमा वन कार्यालयका कर्मचारीको निगरानीमा ओखरका विरुवा लागाउने कार्य गरिने बताइएको छ । वन कार्यालयका अनुसार सिस्ने गाउँपालिकाको १ देखी ८ सम्मका सबै वडा, भूमे गाउँपालिकाको १, ३, ६, ७, ८ र ९ नम्बर वडा तथा पुथा उत्तरगंगा गाउँपालिकाको १, २, ६, ८, ९, १०, ११, १२, १३ र १४ नम्बर वडामा ओखरको विरुवा लगाइएको हो ।No description available.

कृषकले बिरुवा माग गर्न दिएको आवेदनमाथी हेरफेर गरेर एक सय ३८ जना किसानलाई ओखरको विरुवा वितरण गरिएको हो । किसानको माग संकलन गरेर उनिहरुको माग संख्याको आधारमा वन कार्यालयले टर्कीबाट ओखरको विरुवा ल्याएको हो । जसमा सिस्ने गाउँपालिकामा ७० घरधुरीलाई ८ हजार ३ सय ८५ बोट, भूमे गाउँपालिकामा ४० घरधुरीलाई ६ हजार ५ सय ४५ र पुथा उत्तरगंगा गाउँपालिकामा २८ घरधुरीलाई २ हजार ६ सय १४ दाँते ओखरको विरुवा वितरण गरिएको डिभिजनल वन सहायक अधिकृत भन्दारीले बताउनुभयो । ती वडाको ४० हेक्टर क्षेत्रफलमा भोली एकै साथ १६ हजार विरुवा लगाइदै छ ।

डिभिजन वन कार्यालयले एक कार्यक्रमको आयोजना गरि सो जानकारी दिएको हो । गत वर्ष पनि वन कार्यालयले फरनर जातकै दश हजार ओखरको विरुवा कसानलाई वितरण गरेको थियो । त्यतीबेला २५ हेक्टर क्षेत्रफलमा ती विरुवा लगाइएको थियो । तर यो वर्ष कार्यालयले जुम्लाबाट हाड्ले जातको एक हजार ७ सय दाँते ओखरको विरुवा ल्याएर वितरण गरिएको पनि भन्दारीले जानकारी दिनुभएको छ ।

हाडे ओखर प्रशस्त मात्रामा पाइने यस रुकुमपूर्वमा दाँते ओखरबाट राम्रो आयआर्जनको सम्भावना छ । तर लगाइएको ओखरको विरुवालाई हुर्काउन भने चुनौती छ । सिंचाईको सुविधा छैन् । किसानसँग आवश्यक ज्ञान नहुँदा पनि ओखर खेतीबाट सफलता हात पार्न सकिन्छ की सकिदैन भन्ने कुरामा अन्यौलता छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रुकुमपूर्व र रोल्पा कार्यालयले पनि जिल्लाको विभिन्न ठाउँमा दाँते ओखरको विरुवा वितरण गर्दै आइरहेको छ ।

ठूलो मात्रामा वितरण भएको दाँते ओखरको विरुवाबाट उत्पादन भएको ओखरको बजारीकरण तर्फ सबैको ध्यान जाओस्, भन्ने उद्देश्यले एकैपटक जिल्लाका तीन वटै गाउँपालिकामा रोपन कार्यक्रम चलाइएको हो । यसले उत्पादित ओखरको बजार समस्यालाई सम्बोधन हुने बिश्वास लिइएको राष्ट्रिय भूमि आयोग जिल्ला शाखाका अध्यक्ष छन्त्यालले बताए ।

Facebook Comments