• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यार्थी, शिक्षक र प्रधानाध्यापकको लागि अक्षर सुधार सम्बन्धी कार्यक्रम सुरु




तुल बहादुर कवँर मगर
मसुरिया, १७ फागुन । राप्ती गाउँपालिकाको आयोजनामा मंगलबार देखि विद्यार्थी ,शिक्षक र प्रधानाध्यापकको लागि पाँच दिने अक्षर सुधार सम्बन्धी कार्यक्रम सुरु भएको छ।No description available.

राप्ती गाउँपालिकाका समाजिक विकास समितिका संयोजक तथा वडा नम्बर दुईका वडा अध्यक्ष पहलवान चौधरीको अध्यक्षता तथा पालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सो कार्यक्रमको शुरुवात गरिएको हो।No description available.

सो अवसरमा बोल्दै अध्यक्ष विष्टले कुनै पनि देशको समग्र विकास गर्नका लागि शिक्षा अपरिहार्य ,अनिवार्य र आवश्यकता रहेको कुरा चर्चा गर्दै शिक्षामा पढाइ सँगसँगै लेखइको पाटो पनि महत्त्वपूर्ण हुने भएकाले यसको सुधार हुन जरुरी रहेको बताउनुभयो छ।

त्यस्तै उहाँले शिक्षा क्षेत्रमा राज्यले वर्षेनी लाखौं रकम खर्च गरेको बताउदै शिक्षकहरु पनि आफ्नो पेशा प्रति सकारात्मक सोचका साथ समर्पित भएर लाग्नु पर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रमको पहिलो दिन सामुदायिक र संस्थागत विद्यालयका नेपाली ,अङ्ग्रेजी विषयका शिक्षक तथा प्रधानाध्यापकहरु
गरि करिब १२७ जना शिक्षक शिक्षिकाहरुको सहभागीता रहेको थियोे ।

भने कार्यक्रमको दोस्रो दिनबाट क्रमस सबै विद्यालयका विद्यार्थीहरूलाई सहभागी गराईने पालिकाका युवा,खेलकुद तथा शिक्षा शाखा प्रमुख विश्वास विकले जानकारी दिनु भएको छ।No description available.

सो कार्यक्रमको प्रशिक्षकमा बामदेव योगी रहनु भएको छ।

कार्यक्रम बोल्दै मावि मौरीघाटकी प्रधानाध्यापक सीता रिजाल ,नेपाल राष्ट्रिय मावि भालुवाङ्गका प्रधानाध्यापक लोकेन्द्र केसी ,लिटिल एञ्जल स्कुलका शोभाखर भुसालले यस कार्यक्रमको आयोजनाले अक्षर लेखन कार्यमा थप सुधार हुने विश्वास व्यक्त गर्दै आफुहरुले सिकेको कुरा विद्यालयका विद्यार्थीहरु समेत सिकाउने बताउनु भएको छ।

सो अवसरमा वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगर,शिक्षा समितिकि सदस्य गीता चौधरी,कार्यपालिका सदस्यहरू चम्फा भुसाल ,पार्वती सुवेदी, सावित्री चौधरी लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments