• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती इञ्जिनियरिङ कलेजमा जिल्लास्तरीय हाजिरी जावाफ प्रतियोगिता सम्पन्न




घोराही, १६ फागुन । दाङको घोराही – १६ मा रहेको राप्ती इञ्जिनियरिङ कलेजमा जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको  छ । कलेजमा  आज मंगलबार  एक कार्यक्रमका बीच उक्त प्रतियोगिता सम्पन्न भएको  हो ।

दाङ जिल्लामा रहेका प्लस टु साइन्स अन्तर्गतका ११ वटा स्कुलको सहभागितामा भएको प्रतियोगितामा रोजी बड्स बाल बाटिका सेकेन्डरी स्कुल लमही ( कमल पन्थी, सविता सुनाम र सुदिप पौडेल) प्रथम स्थान हासिल भएको थियो, पद्योदय पब्लिक मोडेल सेकेन्डरी स्कुल घोराही दाङ (तारा श्रेष्ठ, खुम बहादुर बस्नेत र चुमान महरा) दोस्रो स्थान र दाङभ्याली सेकेन्डरी स्कुल घोराही दाङ (प्रयूष पौडेल, मोहन सुवेदी र सुनिता विश्वकर्मा) तृतीय स्थान हासिल गरेका थिए ।

सो अवसरमा प्रथम स्थान हासिल गर्ने रोजी बड्स बाल बाटिका सेकेन्डरी स्कुलले १५,००० नगद सहित प्रमाण पत्र, दोस्रो हुने श्री पद्योदय पब्लिक मोडेल सेकेन्डरी स्कुलले १०,००० नगद सहित प्रमाण पत्र र तेस्रो हुने दाङभ्याली सेकेन्डरी स्कुलले ५,००० नगद सहित प्रमाण पत्र प्राप्त गर्न सफल भएका छन् ।

राप्ती इञ्जिनियरिङ कलेज व्यवस्थापन समिति अध्यक्ष श्री डा. भीमसेन गिरीको सभापति तथा राष्ट्रिय परीक्षा बोर्ड घोराही दाङका प्रमुख रामलाल खड्काको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख अतिथि खडकाले विभिन्न विद्यालयबाट सहभागी जनाउनु भएका विद्यार्थी भाईबहिनीहरु, सहभागी गराउनु हुने विद्यालयका प्राचार्यहरु र सहभागी सम्पुर्ण शिक्षकहरुलाई विशेष धन्यवाद ज्ञापन गर्नु भयो ।

साथै प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्न सफल हुनुभएको सबैलाई धन्यवाद दिदै सरकारीस्तरका विद्यालय पनि निजीस्तरका विद्यालय भन्दा कमजोर नरहेको कुरा जानकारी गराउनु भयो ।

प्रतियोगितात्मक हाजिरी जवाफ कार्यक्रममा आफुले पहिलो पटक यस्तो विविध विधालाई समेटेर प्रश्नहरु तयार गरेको पाएकोमा कलेजलाई विशेष धन्यवाद दिनु भएको थियो । राप्ती इञ्जिनियरिङ कलेजले लामो समयदेखि दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आइरहेको र समाजमा लुकेर रहेका प्रतिभालाई समाजमा चिनाउनको लागि महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।

कार्यक्रमका अतिथि पद्योदय पब्लिक मोडेल सेकेन्डरी स्कुल घोराही दाङका प्राचार्य राम प्रसाद जैसीले दाङ जिल्ला भरी छरिएर रहेका विभिन्न विद्यालयहरुमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु बीच प्रतियोगात्मक हाजिरी जवाफ कार्यक्रम आयोजना गर्नु भएकोमा कलेजलाई धन्यवाद दिनुभएको थियो ।

 

साथै विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीहरुलाई धन्यवाद दिदै प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई विशेष धन्यवाद दिनुभएको थियो ।

Facebook Comments