• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेशस्तरीय प्रदर्शनी सम्पन्न, स्थानीय उत्पादन प्रयोग गर्नुपर्नेमा जोड




घोराही, १६ फागुन । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले आयोजना गरिएको ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिगौरामा आयोजना गरिएको प्रदर्शनी मंगलवार सम्पन्न भएको हो ।‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको सम्वृद्धिको आधार’ र ‘स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर बनाऔँँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनी एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा समापन गरिएको छ ।

महासंघका जिल्ला अध्यक्ष एवं प्रदर्शनी आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी सुशील बैद्यको विशिष्ठ आतिथ्यमा समापन कार्यक्रम भएको थियो ।

समापन कार्यक्रममा बोल्दै घोराही उपमहानगरपलिकाका प्रमख नरुलाल चौधरीले स्थानीय कच्चा पदार्थको प्रयोग गर्दै स्थानीय उद्योगहरुले उत्पादन गरेको वस्तुहरुको प्रयोग गर्न सबैमा अनुरोध गर्नुभयो ।

स्थानीय कृषी, साना तथा घरेलु उद्योगहरुको प्रवद्र्धनका लागि यस्ता प्रदर्शनी आवश्यक भएको भन्दै उहाँले प्रदर्शनी आयोजना गर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले स्थानीय तहले कृषी, साना तथा घरेलु उद्योगहरुको लागी नेपाल घरेलु तथा साना उद्योग महासंघसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले स्थानीय उत्पादन गरेर साना तथा घरेलु उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले यस्ता प्रदर्शनीेले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने भएकाले यस्ता प्रदर्शनी आवश्यक भएको बताउनुभयो । वैद्यले स्थानीय उत्पादनको बजारिकणकालागी पनि ध्यान दिन आवश्यक भएको बताउनुभयो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुषालले कृषी, साना तथा घरेलु उद्योगहरुको प्रवद्र्धनकालागी आयोजना गरिएको यस प्रदर्शनीले महत्वपूर्ण भूमीका निर्वाह गरेको प्रदर्शनीकालागी घोराही क्षेत्रमा जग्गाको अभाव भएकाले त्यसतर्फ ध्यान दिन सरोकारवालाहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा प्रदर्शनीको बारेमा सचिवालय संयोजक एवं नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका वरिष्ठ उपाध्यक्ष लब अधिकारीले जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजिकरण नविन पोख्रेल र आर.के.शीतलले गर्नुभएको थियो ।

प्रदर्शनीको फागुन ३ गते सञ्चार तथा सुचना प्रविधी मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्मा उद्घाटन गर्नुभएको थियो । उद्घाटनको दिन भएको शोभायात्रामा सहभागी संघसंस्थाहरुमध्य उत्कृष्ट संघसंस्थाको झाँकीलाई पुरस्कार प्रदान गरिएको छ । जसमा प्रथम हुने जिवनज्योति कृषक समूह घोराही १७ कर्जाही प्रथम, नेपाल मगर संघ जिल्ला समन्वय समिति दृतिय, नयाँ विहानी टोल विकास संस्घा घोराही १७ तृतिय र राष्ट्रिय अल्लो उद्योग संघ र ब्रह्मकुमारी ईश्वरिय विश्वविद्यालय घोराही सानत्वना हुनुभएको छ ।

साथै शुभ विहानी टोल विकास संस्था घोराही १३, मिरुले सेवा समाज घोराही १८, लुकमेल खाम समाज घोराही १८, शान्ति आमा समूह घोराही १७, रौल्पा कोटगाउले समाज, तेरौटे टोल विकास संस्था, रातामाटा टोल विकास संस्था, जेलबाङी समाज र क्रोवा टोल विकास संस्थालाई उत्प्रेरणा स्वरुप पुरस्कार प्रदान गरिएको छ ।

यस्तै प्रदर्शनीमा रहेको कृषी सामाग्री प्रदर्शनी गर्ने कृषकहरुलाई पनि मूल्यांकनको आधारमा पुरस्कार प्रदान गरिएको छ । जसमा नमूना तरकारी उत्पादन कृषक समूह घोराही ६ गुरुवागाँउ प्रथम, जीवन ज्योति कृषक समूह घोराही १७ दृतिय, गैरागाँउ क्वाडी कृषक समूह घोराही १७ तृतिय, एकपन साना किसान समूह घोराही ६, देविलाल खड्का घोराही ७, खगेन्द्र बुढा घोराही १८ लाई सान्त्वना पुरस्कृत गरिएको छ ।

प्रदर्शनीमा लोकदोहोरी गीत प्रतियोगीता र लोक नृत्य प्रतियोगीता सम्पन्न भएको छ । लोकदोहोरी गीत प्रतियोगीतामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ ‘ए’ प्रथम, देउराली दोहोरी साँझ घोराही दृतिय, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान दाङ ‘बी’ र बागीना कला पुञ्ज तुलसीपुर तृतिय भएको प्रतियोगीताका संयोजक प्रेम शर्माले जानकारी दिनुभयो । बिजयी टीमलाई क्रमशः ४० हजार, ३० हजार, २० हजार प्रदान गरिएको छ ।

यस्तै विद्यालय तथा संघसंस्था स्तरिय लोक नृत्य प्रतियोगीतामा गोर्खा ईन्टरनेशनल पब्लीक सेकेण्डरी स्कूल घोराही– १४ प्रथम, ज्ञानज्योति एजुकेशनल एकेडेमी घोराही– १३ डुम्मरगाँउ दृतिय, मेरिल्याण्ड पब्लीक एकेडेमी घोराही– १३ सेवार तृतिय र मदन भण्डारी मेमेरियल स्कूल घोराही– १७ गुलरिया सान्त्वना भएको छ ।

लोकदोहोरी गीत प्रतियोगीतामा १२ र लोकनृत्य प्रतियोगीतामा १६ टीमको सहभागीता रहेको थियो । जसमा बिजयी हुने टीमहरुलाई क्रमशः १० हजार १ सय ५, ६ हजार १ सय ५, ४ हजार १ सय ५, २ हजार ५५ रुपैया नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रदर्शनीमा स्थानीय कलाकारहरु प्राथमीकताकासाथ स्थान दिएको आयोजक मूल समितिले बताएको छ ।

स्थानीय कलाकारहरुको माग अनुसार नै योजना बनाएरै दंगाली कलाकारहरुलाई प्रथमीकता दिएको आयोजकले बताएको छ । जसमा नयाँ प्रतिभादेखी स्थापीत दंगाली कलाकारहरुलाई मञ्चमा स्थान दिएको सांस्कृतिक समितिका संयोजक सुरज बुढाथोकीले जानकारी दिनुभयो । आजका स्थानीय कलाकार भोलिका राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार हुने भएकाले स्थानीय कलाकारहरुलाई प्राथमीकता दिएको उहाँले बताउनुभयो ।

प्रदर्शनीमा ७० हजार भन्दा बढि दर्शकहरुले प्रदर्शनीको अवलोकन गरेको सचिवालय संयोजक लब अधिकारीले जानकारी दिनुभयो । प्रदर्शनीमा एक सय भन्दा धेरै स्थानीय कृषी, साना तथा घरेलु उद्योगहरुलाई निशुल्क रुपमा स्टल प्रदान गरिएको थियो । जसमा लुम्बिनी प्रदेशका १२ जिल्लाका उद्योगीहरुले स्टल राख्नुभएको थियो । प्रदर्शनीमा जिल्लाका कृषकहरुले कृषी सामाग्रीहरु प्रदर्शनीकालागी राख्नुभएको थियो भने स्थानीय अल्लो उद्योगहरुले अल्लोका सामाग्रीहरु राख्नुभएको थियो ।

Facebook Comments