• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकाद्वारा मृतक सरिता थापा मगरकाे परिवारलाई राहत प्रदान




तुल बहादुर कवँर मगर
सिसहनियाँ,१६ फागुन । राप्ती गाउँपालिकाले गत माघ २६ गते ट्याक्टरबाट खसेर उचारकाे क्रममा मृत्यु भएकी जनता आधारभूत विद्यालय करङ्गेकोटकी छात्रा सरिता थापा मगरकाे परिवारलाई कृया खर्च स्वरूप २५ हजार रुपैयाँ राहत प्रदान गरेको छ।

मंगलबार पालिकाका अध्यक्ष प्रकाश विष्ट,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली , वडा नम्बर ५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी र युवा,शिक्षा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विक उनकाे परिवारलाई सहयोग प्रदान गर्न उनकै निवास वडा नम्बर ५ काे तल्लो करङ्गेकाेट पुग्न भएको थियो।

साे अवसरमा अध्यक्ष विष्टले छात्रा सरीता थापा मगरकाे मृत्यु प्रति दु:ख व्यक्त गर्दै उनीकाे मृत्युको खबरले सिङ्गो पालिका नै स्तब्ध भएको भन्दै दुर्घटना अकल्पनीय रुपमा हुने भएकाले जुनकुनै काम गर्दा पनि सावधानी अपनाएर काम गर्नुपर्ने कुरामा जाेड दिनु भयो। “शोकको घडीमा स्थानीय सरकार जनताको साथमा छ भन्ने अनुभूति दिलाउन थोरै भएपनि राहत प्रदान गरेका हौ,” उहाँले भन्नु भयो ।

पालिकाले यस अघि पनि मृतक थापा मगरको उपचारका लागि विभिन्न माध्यम बाट सहयोग गर्नुकाे साथै स्वास्थ शाखा ,कर्मचारी कल्याण काेष लगायत कर्मचारीहरु बाट समेत आर्थिक सहयोग गरिएको थियो ।

उनको गत माघ २६ लालमटियामा आयोजित राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता कार्यक्रममा सहभागी हुन जाने क्रममा लु ४ प ५१०१ नम्बरको गुडिरहेको ट्याक्टर बाट खसेर गम्भीर घाइते भएकी थिइन् ।घाइते भएको १० दिन पछि उपचारै क्रममा फागुन ७ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको मृत्यु भएको थियाे।

Facebook Comments