• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा विभिन्न पार्टी परित्याग गरी दर्जन बढी अटो व्यवसायी नेकपामा प्रवेश




घोराही, १६ फागुन । घोराहीमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन बढी अटो व्यवसायीहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले आयोजना सोमबार घोराहीमा आयोजना गरेको मंहगी, बैंकको चर्काे ब्याजदर र वित्तीय संस्थाहरुको ज्यादतीविरुद्धको विरोध प्रदर्शनीको कोणसभामै उनीहरुले विभिन्न पार्टी परित्यागको घोषणा गरी नेकपामा प्रवेश गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका पिविएम शीतल सीले कोणसभा कार्यक्रममै अनिल बुढा, दिपक केसी, धनबहादुर गोतामे, कर्णबहादुर थापा, जग्गु चौधरी, सुरेन्द्र विक, बिनोद पुन, मोहन श्रेष्ठ, राम प्रसाद चौधरी, जोगबहादुर चौधरी राजेश विक र बमबहादुर बुढालाई टिका लगाएर स्वागत गर्दै पार्टीमा प्रवेश गराएका थिए ।

Facebook Comments