• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
क्रान्तिकारी ट्रेड युनियन महासंघको तीन महिने अभियान उद्घाटन




घोराही, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय समिति पश्चिम कमाण्डको तीन महिने एकीकृत संगठन निर्माण तथा विस्तार अभियानको उद्घाटन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले आज सोमबार घोराहीमा आयोजना गरेको मंहगी, बैंकको चर्काे ब्याजदर र वित्तीय संस्थाहरुको ज्यादतीविरुद्धको विरोध प्रदर्शनीको कोणसभा पश्चात उक्त अभियानको उद्घाटन गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य शीतल सीले तीन महिने संगठन निर्माण तथा विस्तार अभियानको उद्घाटन गर्दै संगठनले मजदुरका समस्याहरु पहिचान गरी उनीहरुको हक र अधिकारका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका थिए ।

संगठनका केन्द्रीय उपाध्यक्ष डिल्ली सीले तीन महिने संगठन निर्माण तथा विस्तार अभियानको उद्घाटनमा बोल्दै नेपालमा मजदुरहरु उत्पीडन र शोषणमा परिरहेको बताए । उनले यो तीन महिने अभियान आफूहरुको दाङदेखि सुरु भएको बताउदै कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत सहरी क्षेत्रमा यो अभियान सुचारु हुने उद्घोष गरे । भोलिदेखि नै यो ठाउँका मजदुरका पीडा, मर्का र समस्याहरु बुज्दै र संगठित गर्दै यहाँका आम मजदुरलाई मुक्त गर्नका लागि सन्देश दिँदै आफूहरुले यो अभियानलाई चलाउने उनको भनाइ छ ।No description available.

संगठनका केन्द्रीय उपाध्यक्ष डिल्ली सीको अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य शीतल सीको प्रमुख आतिथ्यताका भएको उक्त उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज सम्झना सी, पार्टीका पूर्वी दाङका सेक्रटरी जनक सी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संगठनका केन्द्रीय सदस्य सञ्जय सीले गरेका थिए ।

Facebook Comments