• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मावि रझेनाका विद्यार्थिलाई लागू औषध दुव्र्यसन विरुद्ध सचेतना




घोराही, १५ फागुन । घोराही १७ मा रहेको निर्णय पुनस्र्थापना केन्द्रले विद्यालय स्तरमा लागुऔषध दुव्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम जारी राखेको छ । घोराही उपमहानगरपालिका वडा नंम्वर १८ संगको सहकार्यमा निर्णय पुर्नस्थापना केन्द्र घोराहीले मावि रझेनामा सचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ ।

वडा नम्बर १८ का वडा अध्यक्ष भारत अर्यालको अध्यक्षता तथा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेको विशेष उपस्तिथिमा कार्यक्रम गरिएको हो । सचेतना मुलक कार्यक्रम निर्णय पुर्नस्थापना केन्द्र घोराही १७ का परामर्शदाता विष्णु वलीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा विद्यालयका प्रधानाध्यापक उद्धव न्यौपाने, स्वास्थ्य शाखा प्रमुख नारायण घर्ति, केन्द्रका अध्यक्ष विजय गिरीले बोल्नु भएको थियो । लागु औषध दुव्यसनि न्यूनिकरणका लागि विद्यालय तथा समुदाय स्तरबाटै अभियान आवश्यक रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले बतएका थिए ।

बालबालिकाका क्रियाकलाप र सङ्गतप्रति निगरानी राख्दै उनिहरुलाई असल बनाउने कुरामा अभिभावक पनि जिम्मेवार बन्नु पर्ने बताएका हुन् । कार्यक्रममा विद्यालयमा कथा ७ र ९ मा अध्ययनरत १ सय ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments