• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशतरीय प्रदर्शनी, विज्ञबाट सचेतना तथा उत्प्रेरणा कार्यक्रम




घोराही, १५ फागुन । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ मा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएको छ ।
‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको सम्वृद्धिको आधार’ र ‘स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर बनाऔँँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा दैनिक कृषी, साना तथा घरेलु उद्योगको बारेमा सचेतनामूलक कार्यक्रम हुने गरेको छ ।

विषय विज्ञहरुको उपस्थितिमा दैनिक जानकारी मूलक मन्तव्य राख्ने गर्नुभएको छ । कृषी, साना तथा घरेलु उद्योग, स्वास्थ्य लगायतका क्षेत्रमा जानकारीमूलक प्रस्तुति रहने गरेको छ ।

प्रदर्शनीमा हालसम्म कृषी ज्ञान केन्द्रका कृषी अर्थ विज्ञ पृथ्वीराज लामीछानेले कृषी र कृषी निति सम्बन्धी जानकारी गराउनुभएको थियो । उहाँले घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको प्रदर्शनीले स्थानीय उद्योगीहरु र कृषकहरुलाई प्रोत्साहन गरेको बताउनुभयो ।

स्थानीय उत्पादनको प्रयोग गरेर देशलाई आत्मनिर्भर बनाउन आवश्यक रहेको लामीछानेको बनाई थियो । सरकारी निति कार्यक्रममा कृषी तथा घरेलु एवं साना उद्योगलाई समेटे पनि बजेटमा समेट्न नसकेको भन्दै उहाँले बजेटमा कृषी क्षेत्रलाई निरिह बनाईएको बताउनुभयो ।

नितिलाइृ कार्यान्वयन गर्ने पक्ष कमजोर भएको भन्दै उहाँले स्थानीय तहहरुले कृषीलाई प्राथमीकता दिएर गुरुयोजना बनाउन आवश्यक रहेको उहाँको भनाई थियो । सरकारले कृषीमा ब्याज र करलाई निशुल्क गरेर कृषकहरुलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो ।

कृषीमा ब्याज र कर निशुल्क गरेमा मात्र कृषीमा आमूल परिवर्तन आउन सक्ने उहाँको भनाई थियो । बाहिरको उत्पादनलाई रोक्न सकेमा मात्र स्थानीय उत्पादनले मूल्य पाउने उहाँले बताउनुभयो । साथै कृषी र साना तथा घरेलु उद्योगमा लगानी गर्न सकेमा युवाहरुलाई रोजगारी श्रृजना गर्न सकीने पनि उहाँले बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय घोराहीका कार्यालय प्रमुख भएर काम गरिसकेका विज्ञ उमबहादुर वलीले साना तथा घरेलु उद्योगको दर्ता, सरकारी निति, सञ्चालन र स्थानीय उत्पादनको प्रयोग एवं उत्पादित वस्तुको बजारिकण लगायतका बिषयमा जानकारी गराउनुभएको थियो । उद्योग खोल्नु कति आवश्यक, महत्व, नेपाल सरकारको मापदण्ड, स्थानीय उत्पादनले हुने फाईदा लगायतका बिषयमा उहाँले जानकारी गराउनुभयो ।

गरिमा विकास बैंक घोराही शाखाका प्रबन्धक प्रकाश देवकोटाले बैंकीङ कर्जासम्बन्धी जानकारी गराउनुभएको थियो । उद्यामशीलताकालागी काउन्सीलिङ निशुल्क सेवा बैंकले दिईरहेको बताउदै देवकोटाले नेपाल घरेलु तथा साना उद्योग महासंघसँगको समन्वयमा आएरमा बिना धितो ऋण उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।No description available.तस्वीरः प्रदर्शनीमा बोल्दै जिल्ला सहकारी संघ दाङका सचिव शुक्र भण्डारी

जिल्ला सहकारी संघ दाङको सचिव शुक्र भण्डारीेले सहकारीको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले दाङमा ६ सय भन्दा बढि सहकारी भएको बताउनुभयो । सहकारीहरुले कृषी, पशुपंक्षी, साना तथा घरेलु उद्योगहरुमा लगानी गरेको उहाँले बताउनुभयो । जसले गर्दा स्थानीय रुपमा रोजगारीको श्रृजना भएको भण्डारीको भनाई थियो । आर्थिक विकासको माध्यम सरकारी क्षेत्र, निजि क्षेत्र र सहकारी भएको बताउदै उहाँले सरकारले सहकारीहरुको प्रवद्र्धनकालागी ध्यान दिन आवश्यक भएका बताउनुभयो । सहकारीको प्रवद्र्धन भएमा साना उद्योगी एवं कृषीको क्षेत्रमा लगानी बढ्ने उहाँको भनाई थियो । यस प्रदर्शनीले दाङ जिल्लाका किसानहरुले एवं साना उद्योगीहरुले उत्पादन गरेको वस्तुहरुको प्रदर्शन गरेर बजारिकणमा टेवा पु¥याएको उहाँले बताउनुभयो । यस्ता प्रदर्शनी नियमीत हुन आवश्यक रहेको भण्डारीको भनाई थियो ।

प्रदर्शनी कृषी, साना तथा घरेलु उद्योगको प्रवद्र्धन गर्नुकासाथै युवाहरुलाई उद्यमशलिताकालागी प्रोत्सहण गर्ने उद्धेश्यकासाथ आयोजना गरिएकाले सोही अनुसार विषय विज्ञहरुसँगको प्रस्तुति हुने गरेको आयोजक मूल समितिले जानकारी दिएको छ । साना तथा घरेलु उद्योग स्थापना गरि रोजगारीको अवसर सिर्जना गर्ने, स्थानीय सीप, साधन र स्रोतको प्रयोग गर्न युवाहरुलाई प्रोत्साहन गर्ने, स्थानीय उत्पादनको प्रयोग गरि देशलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने, स्थानीय उत्पादन प्रयोग गरि स्वास्थ रहन उत्प्रेरित गर्ने, विदेशी वस्तुको आयातलाई प्रतिस्थापन गरि निर्यातलाई प्रवद्र्धन गर्ने लगायतका उद्धेश्यले आयोजना गरिएको प्रदर्शनीमा विषय विज्ञहरुलाई निमन्त्रणा गरेर महत्वपूर्ण भनाईकालागी मञ्च उपलब्ध गराउने गरेको आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

साथै उहाँले उद्योगहरु भनेका राष्ट्रका जग भएकाले यीनीहरुको संरक्षण गरि रोजगारी श्रृजना गर्न आवश्यक रहेको बताउनुभयो । साथै साना तथा घरेलु उद्योग स्थापना गर्न, प्रवद्र्धन गर्न र युवा जनशक्तीलाई विदेश जानबाट रोक्नकालागी युवाहरुलाई उद्यमशीलतामा उत्प्रेरणा प्रदान गर्नकालागी आयोजना प्रदर्शनीले महत्वपूर्ण भूमीका निर्वाह गनेए विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी कलाकार प्रकाश सपुतले स्थानीय उत्पादन गर्न सम्पूर्ण दर्शकहरुलाई अनुरोध गर्नुभयो । उहाँले युवाहरु विदेशीने प्रचलन बढ्दै गएकाले स्थानीय स्तरमा उद्योगहरु स्थापना गरेर रोजगार श्रृजना गर्न आवश्यक रहेको उहाँको भनाई थियो । सपुतले सम्पूर्ण युवाहरुले कृषी तथा उद्योगमा लगानी गरेर स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।No description available.

प्रदर्शनीको तेह्रौ दिन कलाकारहरु प्रकाश सपुत, जेवी वली, नारायणी डाँगी, प्रकाश सोनी, माधव जोन खत्री, शान्तराज सेञ्चुरी लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।

प्रदर्शनीको मंगलवार समापन गरिने भएको छ । मंगलवार दिउसो ३ बजेदेखी सांस्कृतिक कार्यक्रमसँगै समापन कार्यक्रम हुने सचिवालय संयोजक लब अधिकारीले जानकारी दिनुभयो । साथै आयोजक मूल समितिले प्रदर्शनी समापन कार्यक्रममा उपस्थिति हुनकालागी सम्पूर्ण उहाँले सम्पूर्ण सरोकारवालाहरुमा अनुरोध गर्नुभयो ।

 

Facebook Comments