• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुरुकुल मिनी सागा हाउस आजबाट सुरु




फाल्गुन १५ दाङ ।  गुरुकुल एकेडेमीकाे मिनी सागा हाउस कार्यक्रम आजबाट सुरु भएकाे छ । यस कार्यक्रममा विद्यार्थीहरूले आफैँ कथा लेखी आफैँ वाचन गर्नुपर्ने हुन्छ । मन्टेश्वरी देखि कक्षा ७ सम्मका विद्यार्थीहरू याे कार्यक्रममा सहभागी हुने छन्।
विद्यार्थीहरूकाे सर्वाङ्गीण विकासकाे लागि विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराउने गुरुकुल एकेडेमीले हरेक वर्ष गुरुकुल मिनी सागा हाउस कार्यक्रमकाे आयाेजना गर्ने गर्दछ । आज विद्यालयकाे प्राङ्गणमा कक्षा छ का विद्यार्थीहरुले आफ्ना अभिभावकहरुकाे उपस्थितिमा कथा वाचन गरेका हुन् ।
विद्यार्थीहरूले आफ्नाे कथा लेख्नकाे लागि छुट्टै पुस्तक बनाई कथा तयार गरि आफ्नाे अभिभावकलाई कथा सुनाउनु पर्ने हुन्छ जस अन्तर्गत आज कक्षा छ का ३१ विद्यार्थीहरूले कथा वाचन गरी कार्यक्रम सुरु गरिएकाे हाे । याे कार्यक्रम आज अर्थात् फाल्गुन १५ गते देखि २२ गते सम्म चल्ने छ । विद्यालयले हरेक बर्ष विद्यार्थिहरुकाे लागि विभिन्न अतिरिक्त कृयाकलाप अन्तर्गत ब्यबहारिक शिक्षा प्रदान गर्ने गर्दछ । यसले गर्दा वालवालिकाकाे पढ्ने र लेख्ने मात्र नभई अन्य क्षमताकाे बिकास पनि हुने हुदा याे बिधाबाट शिक्षा दिईएकाे विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरिले जानकारि दिनुभयाे । कथा वाचन कार्यक्रममा उपस्थित हुनुभयका अभिभावक केशव राेकाले गुरुकुल एकेडेमिकाे शैदान्तिक शैक्षिक प्रणालि र यस्ता अतिरिक्त कार्यक्रमले आफ्ना वालवालिकाले धेरै कुरा सिक्न पाएकाे र उनिहरुकाे मनाेवल बढ्ने बताउनु भएकाे छ उँहाले अगाडि थप्नुहुन्छ गुरुकुल एकेडेमिले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्ने छ ।
अर्का अभिभावक गिरिराज खड्माले पनि गुरुकुल एकेडेमि एउटा विद्यालय मात्र नभयर सीप ,कला लगायत अन्य ब्यबहारिक शिक्षा प्रदान गरेकाेमा खुसि ब्यक्त गर्दै धन्यबाद समेत ब्यक्त गर्नु भयाे । कथा बाचन कार्क्रममा बिद्यार्थिहरुले कुनै न कुनै सन्देश दिने खालकाे कथा लेखेका थिए । कथा सुनाय पश्चात् उनिहरुले अाफ्नाे कथाले दिन खाेजेकाे सन्देश के थियाे भन्ने बारेमा पनि प्रष्ट पारेका थिय । मन्टेस्वरि देखि कक्षा ७ सम्म प्रत्येक कक्षाबाट पहिलाे ,दाेस्राे र तृतिय स्थान हासिल गर्ने विद्यार्थिहरु छनाेट गरिने र अन्तिममा सबै उत्कृष्ट हुने विद्यार्थिहरु बाट पनि पहिलाे ,दाेस्राे र तेस्राे स्थान हासिल गर्ने विद्यार्थिलाई पुरस्कृत गरिने छ ।वालवालिकाहरुकाे कथा लेखन कार्यक्रममा सहयाेग पुर्याएकाे भन्दै विद्यालयले धन्यबाद ब्यक्त गरेकाे थियाे । विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरिकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सहजिकरणा नेपाली बिषयका बिभागिय प्रमुख विवेक देवकाेटाले गर्नुभएकाे थियाे ।कथा बाचन कार्यक्रमकाे संचालन कक्षा ६ का विद्यार्थी  कृतेश गिरी र रिजन भण्डारीले गरेका थिए ।
Facebook Comments