• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्थापना दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता




दाङ, १५ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको ५२ औ स्थापना दिवस तथा १८ औंं साधारण सभाको अवसरमा सोमवार व्यावसायीहरु विच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा गल्ला तथा किराना व्यवासायी समिती प्रथम, प्लाष्टिक व्यावसायी समिती द्धितीय र रेडिमेट फेन्सी व्यावसायी समिती तृतीय भएको हाजिरी जवाफ प्रतियोगीता समितीका संयोजक भरतप्रसाद रेग्मीले जानकारी दिए । प्रतियोगीतामा संघ अन्र्तगतका वस्तुगत समितीहरुको सहभागिता रहेको थियो । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमको सहजिकरण संघका सचिव नरेशकुमार श्रेष्ठले गरेका थिए । फुटवल प्रतियोगीताको सेमिफाइनल खेल वुधवार हुने भएको छ । बुधवार विहान खेल हुने फुटवल प्रतियोगीताका संयोजक माधव खनालले जानकारी दिए ।

उनका अनुसार पहिलो खेल रेडिमेट फेन्सी व्यावसायी र मोवाइ तथा इलेक्टोनिक व्यावसायी विच हुने छ । भने दोस्रो खेल अटो व्यावसायी एशोसियसन र दाङ देउखुरी होटेल व्यावसायी समिती विच हुने भएको खनालले बताए ।

संघको स्थापना दिवसको अवसरमा व्यावसायीहरु विच विभिन्न मैत्रिपुर्ण प्रतियोगीताहरु आयोजना गरिएको छ । संघको स्थापना दिवस आउदो चैत ९ गते र साधारण सभा चैत ११ गते हुदै छ ।

Facebook Comments