• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी) ऐरावती क्याम्पसको प्रथम सम्मेलन, अध्यक्षमा विनोद 




भालुवाङ, १५ फागुन । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ऐरावती क्याम्पस लालमटियाकाे प्रथम सम्मेलन आइतबार सम्पन्न भएकाे छ ।

सम्मेलनले विनाेद कुमार साेनीकाे अध्यक्षतामा २१ सदस्य मूल इकाइ कमिटी गठन गरेकाे छ ।

जसको वरिष्ठ उपाध्यक्षमा टिकाराम रावत,उपाध्यक्षहरूमा आकाश केसी,फरिदा प्रविण,साेनिया निशा चयन हुनु भएको छ। त्यस्तै सचिवमा केशव भण्डारी,सह-सचिव प्रविण खत्री,ओमकुमारी विक,मदन केसी,अदिप गिरी रहनु भएको भने
काेषाध्यक्षमा सुनिल बागवल चयन हुनु भएको छ।त्यस्तै सदस्यहरूमा निसिता घिमिरे सरस्वती गाैतम,रूविणा रेगम,श्रीजना पाेख्रेल रहनु भएको भएको छ।

भेलाले विभिन्न विभागहरुका प्रमुख तथा उपप्रमुखहरु जिम्मेवारी समेत ताेकेकाे छ।

जस अन्तर्गत छात्रा विभाग प्रमुखमा शारदा शर्मा, उपप्रमुखमा सुहाना निशा लाई जिम्मेवारी ताेकेकाे छ।

त्यस्तै खेलकुद विभाग प्रमुखमा निश्चल थापा,उपप्रमुखमा खेमराज थापा, लक्ष्मी रानालाई जिम्मेवारी प्रदान गरेको छ भने
प्रचार विभाग प्रमुखमा मनिषा खनाल,समन्वय विभाग प्रमुखमा सपना सुनार र उपप्रमुखमा साजना एमसीलाई जिम्मेवारी प्रदान गरेको छ।

सम्मेलन क्याम्पस कमिटी इञ्चार्ज भुवन केसीकाे अध्यक्षता एवम् अखिल (क्रान्तिकारी) दाङका संयाेजक गिरबहादुर महराकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला सचिव गाेविन्द मल्ल, नेता सुरेन्द्र भारती लगायतले बाेल्नुभएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन अखिल (क्रान्तिकारी)राप्ती गाउँपालिका संगठनका सचिव प्रदीप सुनारले गर्नुभएको थियाे ।

Facebook Comments