• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आज महंगीको विरुद्ध दाङसहित देशभर बिरोध प्रदर्शन हुँदै




घोराही, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टीले महंगी तथा वित्तीय ज्यादती विरुद्ध दाङसहित देशभर आज सोमबार बिरोध प्रदर्शन गर्ने भएको छ ।

पार्टीले पछिल्लो चरणमा देशमा महंगी, भ्रष्टाचार , चर्को बैंक ब्याजदर र वित्तीय संस्थाहरूको ज्यादती बढ्दै गएको र त्यसको प्रत्यक्ष असर व्यापार, उद्योग तथा आम नागरिकमा परेको भन्दै वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध बिरोध प्रदर्शन गर्ने भएको हो ।

त्यस्तै पार्टीको केन्द्रीय कार्यक्रम अनुरुप नै आज दाङको घोराही र तुलसीपुरमा उक्त ज्यादतीविरुद्ध बिरोध प्रदर्शन गर्ने नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सीले जानकारी दिए ।

नेकपा पूर्वी दाङको आयोजनामा आज दिउँसो १ बजे घोराहीको तुलसीपुर चोकमा हुने महंगी, भ्रष्टाचार , चर्को बैंक ब्याजदर र वित्तीय संस्थाहरूको ज्यादती विरुद्धको प्रदर्शनमा सहभागी भइदिन ब्यापारी, उद्योग लगायत आम नागरिकलाई पार्टीले हार्दिक अपिल गरेको छ ।

Facebook Comments