दाङ, १४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले छिटोछरितो कार्यसम्पादन गर्न लोकसेवा आयोगलाई निर्देशन दिनुभएको छ ।
संविधानमा व्यवस्था भए अनुरुप प्रदेश सरकारले लोकसेवा आयोग गठन गरेको बताउँदै मुख्यमन्त्री गिरीले यसलाई प्रभावकारी र विश्वसनीय बनाउनतर्फ आयोग लाग्नुपर्ने बनाउनुभयो । सरकारले लोकसेवा आयोगलाई आफ्नो महत्वपूर्ण सम्पत्तीका रुपमा लिएको बताउँदै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘लोकसेवा आयोगलाई सरकारले महत्वपूर्ण सम्पत्तीका रुपमा लिएको गरेको छ । यसलाई व्यवस्थित गर्नु सरकारको दायित्व हो । यसलाई कानुनी र भौतिक रुपमा सम्पन्न बनाउनतर्फ सरकार लागिपर्छ ।’
प्रदेश निजामति सेवा विधेयक प्रदेश सभामा पेश गर्ने तयारी भइरहेको भन्दै मुख्यमन्त्री गिरीले आयोगको कार्यसम्पादनमा कानुनी जटिलता छिट्टै हटेर जाने बताउनुभयो । पूर्वाधारको अभाव सिर्जना हुन नदिने मुख्यमन्त्री गिरीले बताउनुभएको थियो । ‘प्रदेश निजामति ऐनको अभावमा आयोगको कार्यसम्पादनमा समस्या उत्पन्न भएको महसुस गरी सरकारले प्रदेश निजामति विधेयक प्रदेश सभामा पेश गर्ने तयारी गरेको छ’, मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘ऐनको अभावमा हुने जटिलता छिट्टै हटेर जान्छ । सरकारले आयोगलाई भौतिक अभाव र कानुनी जटिलता हुन दिँदैन । तपाईँहरु आफ्ना गतिविधिलाई योजनाबद्धरुपमा अगाडि बढाउनुहोस् ।’
उक्त अवसरमा बोल्दै पदेश लोकसेवा आयोगका अध्यक्ष प्राध्यापक डिलाराम भट्टराईले सरकारले निर्माण गरेका ऐन अनुसार आयोगले कार्यसम्पादन गर्ने हुँदा ऐन निर्माणमा भइरहेको ढिलाइलाई हटाइदिन सरकारलाई आग्रह गर्नुभयो । प्रदेश निजामति ऐन नहुँदा कानुनी जटिलता भोगिरहेको भन्दै अध्यक्ष भट्टराईले कानुन र पूर्वाधारको अभावमा समयमै कार्यसम्पादन गर्न नसकेको बताउनुभयो । ‘छवटा प्रदेशले प्रदेश निजामति ऐन बनाइसकेको अवस्था छ । लुम्बिनी प्रदेशले समयमा ऐन नबनाउँदा कार्यसम्पादनमा समस्या भएको छ’, अध्यक्ष भट्टराईले भन्नुभयो, ‘स्थानीय तहका लागि स्थानीय सरकारी सेवा ऐनसमेत बनाउनुपर्छ ।’
प्रदेशबाट माग १ हजार ५ सय दरबन्दी माग भएकोमा विभिन्न पदका १ हजार १ सय ४९ जनाको भर्ना प्रक्रिया अगाडि बढाइसकेको भन्दै अध्यक्ष भट्टराईले बाँकी दरबन्दीमा पनि यथाशक्य पूर्ति गर्ने बताउनुभयो । ऐनको अभावमा पाँचौं तह भन्दा माथिको दरबन्दीमा आयोगले पदपूर्ति गर्न नपाएको बताउँदै अध्यक्ष भट्टराईले भन्नुभयो, ‘माग भई आएको दरबन्दीमा पदपूर्ति गर्नतर्फ आयोग लागिपरेको छ । ऐनको अभावमा पाँचौं तहभन्दा माथिको दरबन्दीमा पदपूर्ति गर्न पाएका छैनौं । प्रदेशलाई चाहिने जनशक्ति व्यवस्थापन गर्नका लागि ऐनको अपरिहार्यता छ ।’
कार्यक्रममा बोल्दै प्रदेशका निमित्त प्रमुख सचिव राजेन्द्र थापाले कर्मचारी व्यवस्थापनमा सरकार लागिपरेको बताउनुभयो । कर्मचारी अभावमा सरकारका कामकारबाही प्रभावित भइरहेको भन्दै निमित्त प्रमुख सचिव थापाले समयमै माग पूर्ति गर्न आयोगलाई आग्रह गर्नुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।