• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिचार मिल्नेसँग पार्टी एकता हुन्छ : महरा




हिमाल शर्मा
सल्यान, १४ फागुन । नेकपा माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर महाराले बिचार मिल्नेसँग पार्टी एकता हुने बताउनुभएको छ । आज आइतबार बागचौरमा भएको २८ औं बलिदान दिवसको अबसरमा बागचौरको थारमारेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष महाराले यस्तो बताउनुभयो ।

नेकपा माओवादी केन्द्रले दुई महिने अभियान संचालन गर्ने र त्यो कार्यक्रमको बारेमा राम्रो सग छलफल गरेर बिचार मिल्ने सग पार्टी एकताको प्रक्रियालाई अगाडि बढाउने बताउनुभयो । माओवादीलाई सिध्याउन, देशीविदेशी तत्त्वहरु लागेको बताउदै सबै माओवादी घट्कहरु एक ठाउँमा आउनुको विकल्प नभएको बताउनुभयो । हिजो आज सहिदका परिवारले आफुहरुलाइ बिर्सन खोजेको दुखेको पोख्न थालेको बताउदै सहिदले देखाएको बाटोमा पार्टी सधै हिड्ने र सहिदलाई कहिले पनि बिर्सन नसक्ने समेत उहाले बताउनुभयो ।

जनयुद्धका सहिदलाई रास्ट्रीय सहिद घोषणा गर्ने काम अन्तिम चरणमा गएकाले अब छिट्टै काम सम्पन्न हुने बताउनुभयो । पार्टी बिर्गिनुको दोष केन्द्र पार्टीलाइ मात्र नभएर प्रदेश र जिल्लाले पनि लिनु पर्ने बताउनुभयो माओवादीका नेता जनतासग जान निर्देशन गर्नु भयो ।

एक अर्को प्रसङ्गमा महराले भने,माओवादीले एक्लै सरकार बनाउन नसक्ने भएका रास्ट्रीय सहमतिको बाटो खोजेको बताउनु भयो । प्रचण्डले धेरै कोणबाट अनुसन्धान गर्नुभयो र निस्कर्समा पुगेर रास्ट्रपतिका लागि रास्ट्रीय सहमति खोज्नु परेको बताउनुभयो । प्रचण्ड प्रधानमन्त्री भए पनि केपीले आफै सरकारको नेतृत्व गरेजसरी लाद्न खोजेको रबि लामिछाने लाई फ़ेरि मन्त्री गराउन दबाब दिएकाले पनि रास्ट्रीय सहमति खोज्नुपरेको बताउनुभयो ।

यस्तै केन्द्रिय सदस्य टेक बहादुर बस्नेतले जनयुद्धको समयमा बलिदान प्राप्त गर्ने सहिद लाई रास्ट्रीय सहिद घोषणा गर्न जनयुद्धको उपलब्धि भएको बताउनुभयो । हजारौं सहिदहरुको बलिदानबाट प्राप्त गरेको उपलब्धिले आज सबै यो ठाउँमा बताउनुभयो । जनयुद्धको समयमा रुकुम रोल्पा जस्तै सल्यानले पनि भुमिका खेलेको बताउदै केन्द्र पार्टी सल्यान जिल्लालाई हेपेको गुनासो गर्नुभयो । सरकार असाधारण तरिकाले चलेकाले धेरै अपेक्षा गर्न नसकिने उहाले बताउनुभयो । पार्टी निर्माण गर्न बैचारिक, संगठनात्म, र अनुशासनले मात्र पार्टी अगाडि बड्न सक्ने बताउदै सबैले आत्मसात पार्टीको काम गर्नुपर्ने बताउनुभयो ।

कर्णाली प्रदेशका भुमी व्यबस्था तथा सहकारी मन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य भिम प्रकाश शर्माले कर्णाली प्रदेश सरकारले सहिद परिवारलाइ मासिक २ हजार र घाइतेलाई जीवन निर्बाह भत्ताको ब्यबस्था गरेको बताउनुभयो । मन्त्री शर्माले भन्नुभएको सबै आयोगमा सहिद परिवार र जनयुद्धको समयमा घाइते भएका ब्यक्तीलाई विभिन्न आयोगमा समाबेश गर्ने कानुन बनाउन लागेको बताउनुभयो ।

कार्यक्रममा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज उमाकान्त शर्मा रत्न बहादुर वली दिलमाया बुढा, ज्ञान बहादुर वलि , कृती बहादुर पुन, निम बहादुर के सि लगाएले मन्तव्य राख्नुभएको थियो । बागचौर नगरपालिका भित्र २ सय ४० ले जनयुद्धको समयमा साहद्त प्राप्त गरेका छन भने जिल्ला भरी ४ सय ६५ जनाले सहादत प्राप्त गरेका छ्न ।

नगर कमिटी अध्यक्ष रोभाराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उपाध्यक्ष रोमु शाहीले गर्नुभएको थियोे ।

Facebook Comments