• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेशस्तरीय प्रदर्शनीमा निशुल्क स्वास्थ्य उपचार




घोराही, १४ फागुन
नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ । प्रदर्शनीको स्वास्थ्य स्टलबाट निशुल्क स्वास्थ्य उपचार प्रदान गरिएको छ । स्टल नम्बर २ मा बि.एस डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक प्रा.लि र जय माता दि सेनेटरी उद्योग प्रा.लिको स्टलबाट नियमीत स्वास्थ्य उपचार प्रदान गरिएको आयोजक मूल समितिले जानकारी दिएका छ ।
प्रदर्शनीमा निशुल्क सेनेटरी प्याड, मास्क वितरण गरिएको छ भने निशुल्क प्रेसर, सुगर जाँच गरिन्छ । साथै औषधीहरु पनि निशुल्क रुपमा पदान भईरहेको आयोजक मूल समितिका संंयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।
“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीको स्टलमा एमबिबिएस एमडी ईन्टरनेशनल मेडिसिन कन्सल्टेन्ट फिजिसीयन डा. प्रकाश सुवेदीबाट नियमीत चेकजाँच भईरहेको पनि उहाँले जानकारी दिनुभयो । हालसम्म १० हजार बढि मास्क, १ हजार बढि सेनेटरी प्याड निशुल्क वितरण गरिएको र १ सय ६१ जनाको निशुल्क रगत जाँच गरिएको डा. सुवेदीले जानकारी दिनुभयो । यस्तै ४ सय बढि विरामीहरुको स्वास्थ्य स्टलबाट चेकजाँच गर्नुकासाथै ४० जना बढिको ट्रेसिङ गरिएको उहाँले बताउनुभयो ।
चेकजाँच पश्चात आवश्यकता अनुसार आयोजकसँगको सहकार्यमा बि.एस डाइग्नोष्टिक एण्ड पोलिक्लिक प्रा.लिमा निशुल्क उपचार गरिने मजगैयाँले जानकारी दिनुभयो ।
प्रदर्शनीमा आईतवार कलाकारहरु रीता के.सी, कृष क्षेत्री, प्रकाश सोनी, अवन्तिका सुनार लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति राख्नुभएको थियो । यस्तै प्रदर्शनीमा सोमवार नेपाली सांगितीक क्षेत्रका चर्चीत गायक प्रकाश सपुतको सोमवार घोराहीमा प्रस्तुति रहने भएको छ । १३ औँ दिन सोमबार नेपाली संगितिक क्षेत्रका बहुप्रतिभाशाली गायक प्रकास सपुतको प्रस्तुति रहने आयोजक मूल समितिले जानकारी दिएको छ ।
सपुतको गलबन्दी त्यातियो तिमले तानेर, तिम्रो मायाले मलाई पिर दियो, कुरा बुझ्नुपर्छ, बोल माया एक बचन बोल, फुटेको चुराले लगायतका गीतहरु चर्चीत छन् । सपुतसँगै कलाकारहरु, जे.बी वली, विजय परियार, गोमा रिजाल लगायतका कलाकाहरुको प्रस्तुति रहने आयोजक मूल समितिले जानकारी दिएको छ ।

Facebook Comments