• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ उवासंघको आयोजनामा मैत्रीपूर्ण खेल प्रतियोगिता सुरु




घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थापना दिवसको अवसरमा आयोजना गरिएको व्यावसायीहरुबीच मैत्रिपुर्ण प्रतियोगिता सुरु गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी प्रतियोगीताको उद्घाटन गरिएको हो ।

शनिवार व्यावसायीहरु विच मैत्रिपुर्ण फुटवल प्रतियोगीता आयोजना गरिएको हो । विहान भएको खेलमा राप्ती अटो इन्जीनियरीङ एशोसियसन शुन्यका विरुद्ध ६ गोलले विजयी भएको थियो ।

दाङ जिल्ला फाटो ग्राफ एशोसियसन र राप्ती अटो इन्जीनियरीङ एशोसियसन विच भएको थियो । दिउसो भएको पहिलो खेलमा शुन्यका विरुद्ध ५ गोलले रेडिमेट फेन्सी व्यवसायी समिती विजयी भएको थियो । पहिलो खेल रेडिमेट फेन्सी व्यावसायी र गल्ला किराना व्यावसायी विच भएको थियो ।

दोस्रो खेलमा शुन्यका विरुद्ध २ गोलले मोवाइल तथा इलेक्टोनिक व्यावसायी समिती विजयी भएको थियो । दोस्रो खेल मोवाइल तथा इलेक्टोनिक व्यावसायी र सुन चाँदी व्यावसायीहरु विच भएको फुटवल प्रतियोगीता समितीका संयोजक माधव खनालले जानकारी दिए । प्रतियोगीतामा प्राविधिक सहयोग रिपुमर्दन गण घोराहीले गरेको थियो ।

उद्घाटन कार्यक्रममा वोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीले खेलले व्यावसायीहरु विच परिचयात्मक, आपसी सहयोग आदान प्रदान गर्न सहयोग पुग्ने बताए । ‘हामीले व्यावसायीहरु विच आफसमा चिनजान, रमाइलोका लागि प्रतियोगीता आयोजना गरेका हौ’ उनले भने । खेलले मानिसलाइ स्वस्थ राख्न समेत सहयोग पुग्ने उनको भनाइ रहेको थियो । कार्यक्रमको सहजिकरण संघका सचिव नरेशकुमार श्रेष्ठले गरेका थिए ।

संघले स्थापना दिवसको अवसरमा रक्तदान, फुटवल, हाजिरी जवाफ, दौड, बोरा दौड प्रतियोगीता आयोजना गरेको छ । संघले आफनो ५२ स्थापना दिवस यही आउदो चैत ९ गते र ११ गते साधारण सभा गर्न थालेको छ । संघको स्थापना २०२७ सालमा भएको हो ।

संघले हरेक वर्ष स्थापना दिवसको अवसरमा रचनात्मक कार्यक्रमहरु आयोजना गरि मनाउने गरेको छ ।

Facebook Comments