दाङ, १४ फागुन। सामुदायिक वन उपभोक्ता महासंघ दाङले जिल्लाका सवै सामुदायिक वन समूहहरुलाई महासंघसगँको आवद्धता र नविकरण गर्न आग्रह गरेको छ ।
जिल्ला महासंघ दाङको शनिवार घोराहीमा सम्पन्न पूर्ण बैठकले वन महासंघको अधिवेसन र महाधिवेसनलाई लक्षित गरी यही फागुन २० गतेभित्र महासंघको सदस्यता नविकरण गर्न आग्रह गरेको हो ।
वन महासंघको केन्द्रीय समितिको निर्णय अनुसार सवै वन समूहको आवद्धता नविकरण सम्पन्न गरी चैत २० गतेसम्म स्थानीय महासंघको अधिवेसन र बैशाख १० गतेभित्र जिल्ला अधिवेसन गर्ने निर्णय बैठकले गरेको बैठकपछि वन महासंघ दाङका प्रवक्ता हेमराज शर्माले जानकारी दिनुभयो ।
वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको सभापतित्व एंव वन महासंघका केन्द्रीय उपाध्यक्ष भिमप्रकश खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा प्रमुख अतिथि खड्काले आगामी जेठ ९ गतदेखि १२ गतेसम्म हुने सामुदायिक वन उपभोक्ता महासंघको महाधिवेनलाई लक्षीत गरी स्थानीय तहदेखि जिल्ला र प्रदेश अधिवेसनको समय तालिका सार्वजनिक गरिएको जानकारी दिनुभयो ।
वन महासंघ दाङका कोषाध्यक्ष कमलराज पोख्रेलको स्वागत मन्तब्यबाट शुरु भएको बैठकमा जिल्लाको पालिका तहमा भएका सामुदायिक वनका गतिबिधिका बारे स्थानीय महासंघका अध्यक्षहरुले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा वन महासंघका केन्द्रीय सदस्यद्धय सावित्रा राना र रीता बिक, न्यायिक समिति संयोजक खिमा अधिकारी, वन महासंघ घोराहीका अध्यक्ष कर्णबहादुर बुढाथोकी, तुल्सीपुरका अध्यक्ष चन्द्रबहादुर वली,राप्तिका अध्यक्ष हरि भुसाल, राजपुरका रामबरण यादव, वबइका अध्यक्ष मोहलाल थापा, ललित केसी, फर्सबहादुर नेपाली, लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिरकण जिल्ला सचिव जानका केसीले गर्नु भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
