• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विभिन्न निर्णय गर्दै नयाँ बस्ती टाेल विकास संस्थाको बैठक सम्पन्न




सिसहनियाँ, १३ फागुन । राप्ती गाउँपालिका वडा नम्बर ८ अन्तर्गत रहेकाे संसद राेड नयाँ बस्ती टाेल विकास संस्थाको बैठक शनिबार सम्पन्न भएको छ।

बैठक टाेल विकास संस्थाका अध्यक्ष शंसेर बहादुर केसीको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।

बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु सर्वसम्मत रुपमा पारित गरेकाे छ।

बैठकले हाल रहेको संसद राेड नयाँ बस्ती टाेल विकास संस्थाको नाम परिवर्तन गरि संसद राेड समृद्धि टाेल विकास संस्था राख्ने र साे काे जानकारी वडा कार्यलयमा गराउने निर्णय गरेकाे छ।

त्यस्तै बैठकले टाेलकाे नक्सासहित सिमा क्षेत्रमा वाेर्ड राख्ने,टाेलका विभिन्न बाटो क्षेत्रमा बिजुलीकाे तार व्यवस्थित नहुदा ठुला यातायातका साधन आवतजावतमा समस्या रहेकोले त्यसलाई व्यवस्थित गर्न नेपाल विद्युत प्रविधिकरणकाे शाखा कार्यलय लमहीलाई अनुराेध गर्ने निर्णय समेत गरेकाे छ।

बैठकमा संस्थाका सम्पूर्ण सदस्यहरु तथा टाेला बासीहरुकाे उल्लेख्य सहभागीता रहेको थियोे ।

Facebook Comments