• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पद्माेदय क्याम्पसका विद्यार्थीलाई स्वगत तथा बिदाई




घोराही, १३ फागुन । पद्माेदय क्याम्पस शिक्षक-विद्यार्थी संमन्वय समितिले क्याम्पसका विद्यार्थीलाई स्वगत तथा बिदाई गरेको छ । समितिले आज शनिबार एक कार्यक्रमको आयोजना गरी प्रथम बर्षका बिद्यार्थीलाई स्वगत तथा चौंथाे बर्षका बिद्यार्थीलाई बिदाई गरेको हो ।

शिक्षक विद्यार्थी समन्वय समितिका अध्यक्ष विष्णु गोराथोकीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपमेयर हुमा डिसीको प्रमुख आतिथ्यता तथा वडा नंम्वर १७ का वडा अध्यक्ष राालौटन चौधरी र वडा नंम्वर १४ का वडा अध्यक्ष भानसिंह बुढाको विशिष्ट आतिथ्यतामा एक कार्यक्रम गरी बिएससी र बिबिएस पहिलो वर्षका नयाँ आगन्तुकलाई स्वागत तथा चौथो वर्ष अध्ययन पुरा गरेका विद्यार्थिहरुलाई विदाई गरिएको हो ।

यसै कार्यक्रमकाे अबसरमा यस क्याम्पसमा अध्ययन गरि बिशिष्ट श्रेणीमा ल्याउनु भएका बिद्यार्थी गौरव खड्कालाई कदर पत्रसहित धनराशिले सम्मान गरिएको थियाे । यसैबीच तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुले मार्केटिङ गरेबापत उनीहरुलाई पनि क्याम्पसले प्रमाणपत्र सहित सम्पन्न गरिएको हाे । कार्यक्रममा १७ जना शिक्षकसहित दुई सय बढी बिद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे ।

शिक्षक विद्यार्थी समन्वय समितिका उपाध्यक्ष लक्षमण भण्डारीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव नारायण न्यौपानेलेले गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए ।

Facebook Comments