• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुम पश्चिममा एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रशिक्षण कार्यक्रम




रुकुम, १३ फागुन । रुकुम पश्चिमका दुई पालिकामा एकीकृत अखिल नेपाल शिक्षक संगठनले छुट्टाछुट्टै कार्यक्रम गरेकाे छ ।

जिल्लाकाे मुसिकाेट केही दिन अघि भएको जिल्ला समन्वय समितिकाे सम्मेलन पछिकाे भाव विस्तार र प्रशिक्षण कार्यक्रम त्रिवेणी गाउँपालिकाकाे सिम्रुतु र सानीभेरीकाे सिम्लीमा छुट्टाछुट्टै भएको जिल्ला समन्वय समिति अध्यक्ष शेरबहादुर केसीले बताउनु भएको छ । त्रिवेणीमा अध्यक्ष केसीले प्रशिक्षण दिएर सिम्लीमा प्रशिक्षण दिन पुग्नुभएकाे थियाे ।

सानीभेरी गाउँपालिकाकाे सहिद स्मृति भवन सिम्लीकाे सभाहलमा भएको कार्यक्रममा संगठनका केन्द्रीय परिषद् सदस्य शसिराम विश्वकर्माकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

विशेष आतिथ्यता नेकपा माओवादी केन्द्र पार्टीका प्रदेश कमिटी सदस्य तथा गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट ,सानीभेरी गाउँपालिका पार्टी अध्यक्ष धर्मबहादुर पुन , पार्टीकै उपाध्यक्ष एवं सानीभेरी गाउँपालिका पुर्व उपाध्यक्ष इन्द्रिरा ओली ,संगठनका प्रदेश कमिटी सदस्य एवं नेपाल शिक्षक महासंघ रुकुम पश्चिम जिल्ला अध्यक्ष प्रेमबहादुर खड्का ,संगठनका प्रदेश कमिटी सदस्य अमर चन्द जिल्ला समन्वय समितिका पदाधिकारीहरु नेपाल शिक्षक महासंघ पदाधिकारी , सानीभेरी गाउँपालिका नेपाल शिक्षक महासंघ अध्यक्ष कर्णसिंह डाँगी तथा पदाधिकारीहरु लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा संगठानिक गतिविधि ,आर्थिक तथा समसामयिक विषयबस्तुमा मनतव्य तथा प्रशिक्षण दिईएकाे थियाे । कार्यक्रममा लामाे समय संगठनमा आवद्व रहि संगठनकाे विभिन्न पदमा रही हाल शिक्षक सेवा आयाेगकाे परीक्षामा विभिन्न जिल्लाबाट सिफारिस हुने तीन जना शिक्षकहरुलाई अविर आवरण सहित दाेसल्लाले सम्मान एवम् फेरि भेटाैला कार्यक्रम गरि भव्य स्वागत समेत गरेकाे छ ।

कार्यक्रमकाे अध्यक्षयता सानीभेरी गाउँपालिका संगठनका अध्यक्ष चक्रबहादुर भण्डारीकाे अध्यक्षयतामा भएको कार्यक्रमकाे स्वागत मन्तव्य उपाध्यक्ष नरदेव रिजालले गर्नुभएको थियाे ।

Facebook Comments