• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा जारी प्रदर्शनीमा गायक शिव परियार आउदै 




घोराही, १३ फागुन । घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा आईतवार गायक शिव परियारको प्रस्तुति रहने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा फागुन ३ गतेदेखी जारी प्रदर्शनीमा बाह्रौँ दिन आईतवार सुगम संगीतका चर्चीत गायक शिव परियारको प्रस्तुति रहने आयोजक सचिवालयले जानकारी दिएको छ ।

युवाहरुमाँझ लोकप्रीय गायक शिव परियारको प्रस्तुति आईतवार रहने आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो । परियारको ‘बेहोस पछि त होस्मा आउदा क्या दामी भो, फेवातालमा साईली ढुंगा सलल, धोकेबाज हौँ तिमी, आँशुको अर्थ के थाहा, अलिकति अजर तिम्रो’ लगायत सयौँ गीतहरु चर्चीत रहेका छन् ।

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा परियारसँगै कृष क्षेत्री, अवन्तिका सुनार, प्रकाश सोनी लगायतका कलाकारहरुको प्रस्तुति रहने भएको छ ।

Facebook Comments