• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ फोटोग्राफरको १४ औं साधारणसभा सम्पन्न




घोराही, १३ फागुन । दाङ जिल्ला भरीका फोटोग्राफी ब्यवसायीहरुको अभिभावक संस्थाको रूपमा रहेको दाङ जिल्ला फोटोग्राफर एसोसिएसन   दाङले आफ्नो १४ औं साधारण सभा सम्पन्न गरेको छ । तुलसीपुर स्थित गणेशपुर पार्कमा सो सभा सम्पन्न गरेको हो ।

नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष वसन्त जोशीको प्रमुख आतिथ्यमा  कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको उद्घाटन पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले फोटोग्राफी क्षेत्र भनेको सरकारी निकायका हरेक क्षेत्र सँग प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्र पनि भएको हुँदा यो व्यवसायलाई अझ कसरी मर्यादित बनाउन सकिन्छ भन्ने कुरामा सबैको ध्यान जानुपर्ने बताउनु भयो ।

कार्यक्रममा वरिष्ठ विभिन्न फोटोग्राफरहरु लाई सम्मान समेत गरिएको थियो भने महासचिव र कोषाध्यक्षको प्रतिबेदन समेत पास गरिएको थियो ।

कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका सचिव गणेश दंगाल ,नेपाल फोटोग्राफर महासंघका सदस्य होमराज भट्टराई, दाङ जिल्ला फोटोग्राफरका सल्लाहकार सुरज जंग रायमाझी, दाङ जिल्ला फोटोग्राफरका पुर्ब महासचिव घनश्याम केसि, वरिष्ठ फोटोग्राफर सिबराज अधिकारि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उपाध्यक्ष नारायण बिकको स्वागत मन्तव्य सुरु भएको  कार्यक्रम संघका अध्यक्ष वसन्त न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको थियो।  कार्यक्रम संघका महासचिव दुर्गा प्रसाद चौधरीले सञ्चालन गर्नुभएको थियो भन्ने धन्यवाद मन्तव्य संघका उपाध्यक्ष नारायण खनालले दिनु भएको थियो ।

Facebook Comments