• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ठूला र उच्च घरानाहरुले सहुलीयतपूर्ण ऋण समेत कब्जा गरेका छन् : मेटमणि चौधरी




एकीकृत समाजवादीका सांसद एवं पूर्व मन्त्री मेटमणि चौधरीले गरिब जनताले प्रयोग गर्न पाउनुपर्ने सहुलीयपूर्ण ऋण समेत ठुला र उच्च घरानाले कब्जा गरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा शुक्रबार विशेष समय लिएर बोल्दै चौधरीले उक्त विचार राखेका हुन् ।

‘हामीले थाहा नपाएर, नजानेर होइन उच्च घरानीय र ठुला ब्यापारीहरुका सेटिङमा अर्थतन्त्र कब्जा भएको छ । ठुला र उच्च घरानियाहरुले कुल पुँजीको ६१ प्रतिशत पँुजी उपयोग गरिरहेका छन् ।’

उच्च घरानियाहरुले सहुलियपूर्ण ऋण समेत बिना धितो प्रयोग गरिरहेको बताउँदै पूर्व मन्त्री चौधरीले सुनाए, ‘ठुला ब्यापारीहरुले मात्र पुँजी परिचालन गर्ने सिस्टमलाई ब्रेग गरि मध्ययम र गरिब जनताले प्रयोग गर्ने बनाउन जरुरी छ । यस विषयमा राष्ट्र बैंकको ध्यान जान जरुरी छ ।’

पेट्रोलिय पदार्थको बढ्दो प्रयोगलाई बिस्थापित गर्नुपर्ने, रासायनिक मल, विउ विजन, किट नासक औषधीमा समेत पैसा बाहिरिरहेको बताउँदै सांसद चौधरीले भने, ‘कृषि उत्पादनमा जोड, कृषि उपजको न्युनतम मुल्य निर्धारण, बिक्रीको ग्यारेन्टी, प्राङ्गारिक मल उत्पादनमा स्थानीय सरकारलाई प्लान्ट स्थापनाको जिम्मा र सहुलीयत दिने हो भने अर्थतन्त्र आत्मनिर्भर हुन्छ ।’

खर्च कटौती गरेर मात्र अर्थतन्त्रमा सुधार आउन नसक्ने भन्दै सांसद चौधरीले संसदिय समिति बनाएर अर्थतन्त्र सुधार गर्ने पोलिसी बनाउन सरकारसँग माग समेत गरे ।

Facebook Comments