• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कर्मचारी संगठन लुम्बिनीमा शर्मा




गोविन्द खड्का
घोराही, १३ फागुन । कृषि विकास बैँक कर्मचारी संघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा अतिष शर्मा चयन हुनुभएको छ ।

उपाध्यक्षमा तेज बहादुर डाँगी, सचिव प्रकाश आचार्य, सहसचिव कपिल सिग्देल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा प्रकाश पोखरेल, दुर्गा प्रसाद भट्टराई, बसन्त कुमार भुषाल र पतिराम थारु चयन हुनुभएको छ । सो अवसरमा तिन सदस्यी सल्लाहकार समिति चयन गरीएको छ । जसको संयोजकमा नुमबहादुर रायमाझि र सदस्यहरुमा मुकेश केसी र ओमप्रसाद श्रेष्ठ चयन हुनुभएको छ ।

आजै मदन वस्नेतको अध्यक्षतामा दाङ जिल्ला समिति, हिमप्रसाद श्रेष्ठको अध्यक्षतामा प्युठान जिल्ला समिति र धर्मराज रावतको संयोजकत्वमा रोल्पा जिल्ला समिति चयन गरीएको छ ।

संघको शनिवार घोराहीमा सम्पन्न ११ औँ प्रदेश अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको थियो । कार्यक्रम प्रदेश समितिका अध्यक्ष अतिश शर्माको अध्यक्षता र केन्द्रिय सह संयोजक पुष्कर कोइरालाको प्रमुख आतिथ्यमा भएको थियो ।

Facebook Comments