• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
समृद्धि अनलाइनको प्रथम वार्षिकोत्सव तथा स्मारिका बिमोचन




सुबिन राज सेर्पाली
दाङ,१३ फागुन । घोराही – १६ भवानपुरमा प्रथम बार्षिक उत्सव एबम प्रथम अङक स्मारिका बिमोचन भएको छ। बिगत एक बर्षदेखि सन्चानलमा आएको यस  अनलाइन पत्रीकाले जनताको सूचनालाई प्रभावकारी ढंगले जनताको हकहितका लागि खोज पत्रकारिता गर्दै आएको छ।

कहिले जनताका समस्या हरुमा हातेमालो गर्दै  आम नागरिकको मुद्दामा सधै समर्पित भएर लाग्ने कुरामा समेत  आगामी बर्षहरुमा थप लाग्ने प्रतिबद्धता समेत अनलाईनका संचालक सुबिन राज सेर्पालिले  बताउनुभएको छ।

कार्यक्रममा बोल्दै  कार्यक्रमका सभापति एबम अनलाइनका सम्पादक नवीन पाण्डेले अहिले परिवेशमा आम सन्चार क्षेत्रलाई कसरी निष्पक्ष खोज पत्रकारिता बनाउन सकिन्छ , जनताको सूचनाको हकलाई कसरी मर्यादित पार्न सकिन्छ देशमा भैइरहेको विभिन्न खाले घटनाहरुलाई समेत अध्यायन अनुसन्धान गरि जनता माझ कसरी निष्पक्ष ,स्वतन्त्र सूचना प्रभाह गर्न सकिन्छ भन्न्नेमा चासो र चिन्ताका साथ थप आगामी बर्षहरुमा लाग्ने प्रतिबद्धता जनाउनुभएको थियो।

बार्षिक उत्सव एबम पहिलो अङ्क स्मारिका बिमोचन  कार्यक्रमको  प्रमुख अतिथि  जिल्ला प्रशासन कार्यलय दाङका प्रमुख जिल्ला अधिकारी सुशील  बैधले आम सन्चार क्षेत्रहरुले मर्यादित  ढंगले सम्प्रेषण गरि जनताको सूचनलाई प्रभावाकारी बनाउन मदत गर्ने भएकोले सन्चार क्षेत्र स्वतन्त्र हुनुपर्ने बताउनुभएको थियो।

कार्यक्रमका बिशिष्ट अतिथि   जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी वीर बहादुर ओलीले नेपाल प्रहरी निष्पक्ष ,स्वतन्त्ररुपले जनताको कलम चलाउने पत्रकार हरुको लागि नेपाल प्रहरी सधैव साथमा रहने बताउनुभएको थियो।

बिशिष्ट अतिथि राष्ट्रिय अनुसन्धान बिभाग दाङका प्रमुख एसपी केशव न्यौपाने ,अन्य अतिथिहरु घोराही १६ का वडा अध्यक्ष तारा बहादुर डाँगी ,नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य  लिला बिक,नेकपा एमालेकै बार्षिक उत्सव पार्टी प्रतिनिधि जिल्ला कमिटी सदस्य जगत बहादुर श्रेष्ठ ,नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी सदस्य दिनेस नेपाली ,नेकपा माओवादी केन्द्र दाङ घोराही १६ का पार्टी ईन्चार्ज सुरेस प्रताप केसी,सह ईन्चार्ज लक्ष्मी घमाल,नेपाली काङ्ग्रेस घोराही १६ पार्टी सचीव प्रेम डाँगीले शुभकामना मन्तव्य राखुभएको थियो।

अनलाइनका सम्पादक नवीन पाण्डेको सभापतिमा भएको कार्यक्रम भएको थियो । रिपोर्टर राकेश कुमाकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन अनलाइनका संचालक सुबिन राज सेर्पाली गर्नुभएको थियो।

Facebook Comments