• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रेडक्रस होलेरीद्वारा नि:शुल्क आँखा शिविर जारी




घोराही, १२ फागुन । नेपाल रेडक्रस सोसाइटी होलेरी उपशाखाले विद्यार्थी र जेष्ठ नागरिकलाई मध्यनजर गर्दै नि:शुल्क आँखा शिविर संचालन जारी राखेको छ । होलेरी उपशाखाको आयोजना तथा रुन्टीगढी गाउँपालिका वडा ६ र ९ को आर्थिक सहयोगमा र जिल्ला सामुदायिक आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा बिहीबारदेखि वडाभित्रका विद्यालयमा सो शिविरको सुरु गरिएको हो ।

उक्त शिविरमा आधारभूत विद्यालय खारा, मावि सर्पाल र मावि डुव्रिङका शिक्षक तथा विद्यार्थीहरुको आँखा चेकजाँच सकिएको छ भने भोलि शनिबार डुव्रिङको पुरानो स्वास्थ्य चौंकी भवनमा जेष्ठ नागरिकहरुको आँखा चेकजाँच हुने रेडक्रस होलेरीका सभापति लक्षिराम थापाले जानकारी दिए ।

शिविरमा विद्यार्थीको आँखा जाँचगर्दा दृष्टि दोष देखिएमा र चस्मा लगाउनुपर्ने भएमा एक हजारसम्म मूल्य पर्ने चस्मा नि:शुल्क हुने र हजार भन्दा बढी मूल्यपर्ने भए हजार भन्दा बढी भएको रकम विद्यार्थीले थप्नुपर्ने सभापति थापाले बताए । उनले जेष्ठनागरिकहरुको आँखा चेकजाँच गर्दा मोतियाबिन्दु भई अप्रेसन गर्नुपर्ने भएमा चैत १६ र १७ गते घर्तीगाउँमा हुने निशुल्क अप्रेशन शिविरमा सिफारिस गरिने समेत जानकारी दिए ।

उक्त शिविरबाट विद्यालयका विद्यार्थी र  शिक्षक तथा रुन्टीगढी गापा – ६ नम्बर वडास्तरका जेष्ठनागरिकहरु लगायत अन्य लाभान्वित हुने छन् ।

 

Facebook Comments