• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अप्टिमिष्टद्वारा निवन्ध लेखन प्रतियोगिता




तुलसीपुर,१२ फागुन । दाङको तुलसीपुरमा विद्यालयस्तरीय निवन्ध लेखन प्रतियोगिता भएको छ ।

अप्टिमिष्ट क्लब अफ तुलसीपुरको आयोजनामा भएको प्रतियोगितामा ग्रेट अरनीको माविका हिमाल खड्का प्रथम, बाल अमृत बोर्डिङ स्कुल दुधरासका पवित्रा खड्का द्धितिय, लिटिल हेभन इग्लिस बोर्डिङ स्कुल तुलसीपुरका सुखुमा राई तृतिय भएका थिए ।

विजेताहरुलाई मेडल,प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो । उनीहरुमध्ये प्रथमलाई अप्टिमिष्ट इन्टरनेश्नल नेपालमा सहभागिता जनाउन पाउनेछन् । त्यहाँ पनि विजेता भए अप्टिमिष्ट इन्टरनेश्नलमा पनि सहभागि हुन पाउने अध्यक्ष मानबहादुर बस्नेतले जानकारी दिए । माध्यामिक तहका १९ बर्ष मुनीका विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागिता जनाएका थिए ।

क्लबका कार्यवहाक अध्यक्ष कमल सापकोटाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं.५ का वडाध्यक्ष बीरेन्द्र कुमार शाहको प्रमुख अतिथ्यमा लिटिल हेवन माध्यामिक विद्यालयमा कार्यक्रम भएको प्रबक्ता दीपक बोहराले जानकारी दिए ।

 

त्यस अवसरमा बिशिष्ट अतिथि तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारी, क्लबका सल्लाहकार झरेन्द्र खरेल, प्रमुख सल्लाहकार मेघराज घिमिरेलगायतले यस्ता कार्यक्रमले विद्यार्थीहरुको क्षमता विस्तार गर्ने बताएका थिए । यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने समेत उनको भनाई रहेको थियो ।

प्रतियोगिताको निर्णायकमा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत जनता विद्यापीठ विजौरीका अंग्रेजी शिक्षक रिमबहादुर खड्का र नोभेक्स क्याम्पसका प्राध्यापक यमकान्त खरेल रहेका थिए ।

कार्यक्रम संयोजक शरण कुमार घर्तीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा कमल प्रकाश शर्माले अप्टिमिष्ट क्रिडको अगुवाई गरेका थिए, भने सचिब एकराज भण्डारीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

Facebook Comments