• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जुनियर तथा युवा रेडक्रस सर्कलको ११ औं जिल्ला गोष्ठी होलेरीमा सम्पन्न




घोराही, १२ फागुन । नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रस सर्कलको ११ औं जिल्ला गोष्ठी होलेरीमा सम्पन्न भएको छ । रेडक्रस होलेरी उपशाखाको आयोजना तथा पोषण सुधार परियोजना र रुडास नेपाल गोल दोस्रो परियोजना रोल्पाको समन्वयमा मंगलबार रुन्टीगढी गाउँपालिकाको सभाहलमा सो गोष्ठी सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी होलेरी उपशाखाका सभापति लक्षिरामा थापाको सभापति तथा संघीय सांसद इश्वरी जिएमको प्रमुख अतिथि एवं रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस रुन्टीगढीका नेता नारायण लामिछाने, माओवादी केन्द्रका नेता गोविन्द पुन, रेड्क्रस रोल्पा जिल्ला सभापति डिबी घर्ती मगर, विभिन्न राजनीति दल, स्थानीय संघसंस्था, जिल्लाभरका ३५ विद्यालयको सहभागिता रहेको थियो ।

उक्त गोष्ठीले होलेरी घोषणा पत्र र वार्षिक योजना तयार समेत पारेको छ ।

कार्यक्रममा उपस्थित जिल्लाभरका ३५ विद्यालयबाट सहभागी टिमको संयुक्त पन्चेबाजासहितको बजार परिक्रमा गरी कार्यक्रम स्थल प्रवेश गरेको रेडक्रस हेलेरीका सभापति लक्षिराम थापाले जानकारी दिए ।

कार्यक्रमको सहजीकरण रेडक्रस होलेरी उपशाखा सचिव रेशम बुढाथोकीले गरेका थिए ।

Facebook Comments