• ३ चैत्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुक्मिणी माविलाई निरन्तर शिल्डको उपाधि




मदन विसी
रुकुम पूर्व / चौंथो राष्ट्रपति रनिङ शिल्डको उपाधि रुक्मिणी मावि रुकुमकोटले जितेको छ । गाउँपालिका स्तरीय रनिङ शिल्डको उपाधि रुक्मिणी माविले दोस्रो पटक जितेको हो । घरेलु खेल मैदानमा चार दिनसम्म चलेको प्रतियोगितामा रुक्मिणी माविले ११ स्वर्ण ८ रजत र ४ कास्य सहित २३ पदक प्राप्त गर्यो ।

यस्तै ११ स्वर्ण ३ रजत र ४ कास्य सहित १८ पदक जितेर जनता मावि पोखरा दोस्रो भएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगल सिंह बुढाले जानकारी दिए । उनका अनुसार दुई स्वर्ण पदक सहित त्रिभुवन जनता मावि छिप्रिदह तेस्रो भएको छ ।

विभिन्न २४ विद्यामा गाउँपालिका भरका १० विद्यालयले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा सहभागि ९ विद्यालयलाई पछि पार्दै रुक्मिणी मावि प्रथम भएको हो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने रुक्मिणी माविलाई नगद सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको आयोजकले बताएको छ । दोस्रो र तेस्रो स्थान ल्याउने विद्यालयले नगद सहित कप र प्रमाणपत्र पाएका छन ।

१००, २००, ४०० र ८०० मिटर दौडमा रुक्मिणी मावि प्रथम भयो । यसैगरि सटपुट, ज्याभलिन थ्रो, हाइजम्प लङजम्प र छात्र छात्रा भलिबल प्रतियोगितामा पनि रुक्मिणी माविले प्रथम स्थान ल्यायो ।

छात्र तर्फको १०० र २०० मिटरको दौडमा रुक्मिणी माविका देपेन्द्र विक प्रथम हुदाँ छात्र ४०० मिटरको दौडमा रुक्मिणी माविकै सन्तोष छिनाल पनि प्रथम भए । छात्रा सटपुट र ज्याभलिन थ्रो प्रतियोगितामा रुक्मिणी माविकी अञ्जना रोकाले प्रथम स्थान हासिल गरिन् ।

 

छात्रा हाइजम्प तर्फ रुक्मिणी माविकी गिता ओलीले प्रथम स्थान ल्याउदा लङजम्प प्रतियोगितामा सुस्मिता खड्काले पनि प्रथम स्थान ल्याइन । छात्र छात्रा तर्फको भलिबल प्रतियोगितमा पनि रुक्मिणी मावि रुकुमकोट प्रथम भएको छ । गएको वर्ष २०७८ मा भएको तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि पनि रुक्मिणी माविले हात पारेको थियो ।

Facebook Comments