• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गढवामा चोरीको घटना बढ्दै, प्रहरी बेखबर




आलोक भावुक
गढवा, १२ फागुन। राप्तीको प्रवेशद्वारको प्रमुख बजारको रुपमा रहेको गढवा बजारमा केही दिन यता देखी प्रायः जसो चोरीको घटना बढिरहेको छ तर अहिले सम्म प्रहरीले कुनै पनि चोरलाई पक्राउ गर्न सकेको छैन्।

एक महिनामा ५-६ ओटा तोडफोड तथा चोरीको घटना बाहिरिएको छ। प्रहरीले नियमित रुपमा गढवा बजार आसपासका क्षेत्रमा कडा रुपमा गस्ती गर्ने गरेको दाबी गरेपनि अहिले सम्म चोर गिरोहलाई पक्रन सकेको छैन।

गढवा बजार क्षेत्रमा दिन प्रतिदिन ताला फोडेर पैसा र सरसामान र नगद चोरीको घटनाले स्थानीय व्यापारीहरु त्रसित भएको स्थानीय ब्यापारी सदिक खानले बताउनुभयो। गढवाको मुख्य बजारमा सिसिटिभी क्यामेरा जडान भएता पनि चोरहरु आफ्नै तालमा सटरका ताला फोडी पटक पटक लुटपात तथा चोरी गर्दा पनि सम्बन्धित निकाय लाचार बनेर बसेको भन्दै आक्रोश पोख्नु भयो ।

यही फागुन महिनामा मात्र चोरीका पाच ओटा घटनाहरु बाहिर आएको छ। चोरहरुको गिरोहले बेखौप तरिकाले फागुन ४गते एन के मोबाइल सेन्टर र साहारा मोबाइल सेन्टरमा ताला फोडेका हुन् त्यसैगरी फागुन १० गते राती सदिक इलेक्ट्रिक तथा ग्यास सप्लायर्समा ताला तोडी नगद पैसा चोरेका छन् त्यसैगरी फागुन १० गढवा बजारमा रहेको मैया पान पसल, रा. १ ह. ५०३५ नम्बरको अटोको डिग्गी फोरेका छन्। त्यसैगरी माघ महिनामा आचार्य तरकारी पसल बाट ताला तोडी सरसामानहरू चोरी गरेका हुन्। त्यसैगरी गढवा गाउँपालिका वडा नम्वर – ६ बुध्द ज्योति रोडको बुध्दपथमा रहेको ढेबलीमा पनि चोरहरुले ताला तोडेर नगद पैसा सहित पसलका सामान चोरी गरेका हुन्। गढवामा पछिल्लो समयमा चोरीको घटनाले सबैलाई सोच्नु बाध्य बनाएको छ। बजारका व्यापारी/व्यवसायीहरु जनधनको रक्षा गर्न गढवा गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

फागुन १० गते राती गढवा बजारको बुद्धाज्योति चोक नजिक रहेको सदिक खानको सदिक इलेक्ट्रोनिक तथा ग्यास सप्लायर्स पसलबाट गए राति ताला फोडि नगद लगभग १२-१३ हजार चोरी भएको घटनालाई लीएर गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगरले गढवा गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

केही दिन देखि गढवा बजारको विभिन्न ठाउँमा रातको समयमा उध्धोगी व्यवसायीहरुको पटरको ताला फोडी चोरी हुने गरेको घटनालाई गढवा उधोग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगर द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ, – गढवा बजार क्षेत्रमा बढी रहेको चोरी तस्करी बढ्नाले व्यवसाय सञ्चालनमा गम्भीर असुरक्षा महसुस भएको र बजारमा पर्याप्त मात्रामा बित्तिको व्यवस्थापन गर्न, व्यापारीहरुको सुरक्षाका लागि मोबाइल गस्ती परिचालन गर्नका लागि आवश्यक बजेट बिनियोजन गर्न समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

ध्यानाकर्षण पत्र बुझ्दैन गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बजार क्षेत्रमा लगाईएको सिसिटिभी क्यामेराबाट निगरानी गरिरहेको बताउदै आवश्यक परे थप उत्कृष्ट क्वालिटीको सिसिटिभी क्यामेरा जडानका लागि तत्काल सम्बन्धित निकाय संग कुराकानी गर्नु भएको छ।

चोरी भएको पसलमा बिहान गढवा गाउँपालिका वडा नम्बर छ का अध्यक्ष विर बहादुर आले मगर, गढवा उध्धोग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगर, पत्रकार लगाएतको टोलीले क्षती को विवरण संकलन गरी चोर पत्ता लगाउने जानकारी दिनु भएको छ। इलाका प्रहरी कार्यालय गढवाको कार्यालय नजीक चोरी हुँदा प्रहरी बेखर हुनु दुखद बिषय भएको स्थानीयहरु बताउछन्।

ध्यानाकर्षण पत्र बुझदै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बजार क्षेत्रमा भैरहेको चोरीको घटनाले आफु दुखित भएको बताउदै तत्काल थप सुरक्षा व्यवस्थामा कडाइ गर्ने तर्फ आफु कुरा गर्ने बताउनु भयो। स्थानीय ब्यापारी/व्यवसायी हरुलाई निर्धक्क भएर व्यापार/व्यवसाय गर्न अनुरोध गर्दै चोरीको घटनालाई आफुले महत्वपूर्ण रुपमा हेरेको बताउनु भयो।

Facebook Comments