• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा नगरपालिकास्तरीय दोश्रो राष्ट्रपति रनिङ शिल्ड सुरु




नबिन पिएम
सल्यान, ११ फागुन । सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्तरीय दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज बिहिवारदेखि सुरु भएको छ ।
“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ नगरपालिकाको वडा नं -१ को प्रभाकर माध्यामिक विद्यालय देबस्थलको प्राङ्गनमा दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नगरपालिका अन्तर माध्यमिक विद्यालय स्तरिय खेलकुद प्रतियोगिताको बिहिवार एक कार्यक्रमका बिच उदघाटन गरिएको छ ।

उक्त कार्यक्रमको अध्यक्षता नगरपालिका नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले गर्नु भएको थियो , भने कार्यक्रमको उदघाटन प्रमुख अतिथि कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले गर्नु भएको हो ।

बिशिस्ट अतिथिहरु नगर उप प्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती, १२ वटा वडाका वडाध्यक्षहरु, जिल्ला खेलकुद समितिका अध्यक्ष खड्क आचार्य, राजनीति दलका प्रतिनिधि, मावी बिधालयका प्रधानाध्यापकहरु बिषयगत शाखा प्रमुख, शिक्षकहरु, अभिभावक, विद्यार्थीहरु,सुरक्षाकर्मी, पत्रकारहरु, बुद्धिजिवि लगाएत अन्य स्थानीयहरुको उपस्थिति रहेको थियो।

प्रतियोगितामा ८ माविका १६ वटा बिधामा खेलकुद हुनेछ । शिक्षा शाखा प्रमुख धुर्बा कुमारी थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन समाजिक विकास समितीका सयोजक तथा ७ नम्बर वडाध्यक्ष जीवन सिंह ठकुरीले गर्नु भएको थियो । रनिङ्ग शिल्ड प्रतियोगिता आज देखि १३ गते ३ दिन सम्म चल्ने बताइएको छ ।

Facebook Comments