• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गायिका एलिना चौहान घोराही आउदै, प्रदर्शनीमा शुक्रवार प्रस्तुति




घोराही, ११ फागुन । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा शुक्रवार गायीका एलिना चौहानको प्रस्तुति रहने भएको छ ।

महासंघको आयोजनामा फागुन ३ गतेदेखी घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिगौँरामा जारी प्रदर्शनीमा नेपाली सांगितीक क्षेत्रका पछिल्लो समयको लोकप्रीय गायीका चौहानको प्रस्तुति हुने आयोजकले जानकारी दिएको छ ।

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा चौहानको फागुन १२ गते एलिना चौहानको प्रस्तुति रहने छ ।

पछिल्लो समय महोत्सवहरुमा उहाँको प्रस्तुतिसँगै दर्शकहरु नाचेको भिडियो भाईरल भईरहेको छ । त्यसैले उहाँ युवाहरुमाझ लोकप्रीय हुनुहुन्छ । उहाँको ‘धोकेबाज हौ तिमी’ बोलको गीत पछिल्लो समय महोत्सवहरुमा लोकप्रय छ ।

Facebook Comments