• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी) दाङको स्ववियू निर्बाचन विशेष तयारी तीब्र




दाङ, ११ फागुन । नेकपा माओबादी केन्द्र निकट अखिल (क्रान्तिकारी) दाङले स्ववियू निर्बाचनको तयारीलाई तीब्र बनाएको छ । त्रिभुवन बिस्वबिद्यालय, संस्कृत विश्वविद्यालय अन्तरगतका आंगिक क्याम्पस , सामुदायिक क्याम्पसहरुमा आफुहरुले कक्षा कमिटी, संकाय कमिटी , क्याम्पस कमिटी निर्माणका साथै विद्यार्थीहरुसंग भेटघाटलाई तिब्रता दिई आफ्ना एजेण्डाहरु विद्यार्थीमाझ लगिएको अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गिरबहादुर महराले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार महेन्द्र बहुमुखी क्याम्पस दाङमा अखिल (क्रान्तिकारी) बिएसी ( Biology समुह) प्रथम वर्षमा वालिका केसीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षमा अमृत कुमाई र समिप मगर, सचिबमा करण रोका, सह सचिबमा तुल्सा बन्जारे र कोषाध्यक्षमा विशाल चौधरी रहनु भएको छ ।

अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य जंग रोकाको प्रमुख आतिथ्यता एवं जिल्ला संयोजक गिर बहादुर महरा, लुम्बिनी प्रदेश कमिटी सदस्य शुसिला घर्ती र जिल्ला कार्यालय सदस्य हिमाल महराको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका नेताहरु प्रसान्त पोख्रेल , प्रकास शाही लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण कुलराज बिष्टले गर्नु भएको थियो ।

त्यसैगरी राप्ती बबई क्याम्पस तुल्सिपुरमा ब्यबस्थापन संकायमा अखिल (क्रान्तिकारीको) कमिटी गठन गरिएको छ । क्याम्पसमा अध्ययनरत छात्रा रीता थापाको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको हो ।

जसको उपाध्यक्षमा ईश्वरी गिरी, अनिल दहित र आशा चौधरी, सचिवमा युबराज शर्मा, सहसचिबमा मनि न्यौपाने, कोषाध्यक्षमा इस्वरी पुरी, सदस्यहरुमा
विमला वली,बिन्दु वली, सानु राणा, बालिका थापा, हिरा वली, जानकी भण्डारी, दिलमाया घर्तिमगर, ममता र सन्दिप रहनु भएको छ ।

अखिल (क्रान्तिकारी) राप्ती बबई क्याम्पस कमिटी संयोजक भुपेश खत्रीको अध्यक्षता तथा दाङ जिल्ला इन्चार्ज बिन्दु खड्काको प्रमुख आतिथ्यता एबम लुम्बिनी प्रदेश सचिब मदन जिएमको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला कार्यालय सदस्य रामचन्द्र बुढा, तुल्सिपुर नगर अध्यक्ष अमर बिक , जिल्ला सदस्य बोधराज बिक लगायतले मन्तव्य राख्नु भएको थियो ।

त्यसैगरी देउखुरी बहुमुखी क्याम्पस लमहीमा स्नातक तह प्रथम वर्ष तर्फ विविएसमा अस्मिता सुवेदीको नेतृत्वमा ३९ सदस्यीय क्लासकमिटी निर्माण गरिएको छ । जसको उपाध्यक्षमा दिपा पौडेल र सन्तोष सुवेदी, सचिवमा रचित पौडेल, सह सचिवना विमल केसी, महेश चौधरी र कोषाध्यक्षमा रिसु चौधरी रहेका छन् ।

त्यस्तै क्लास कमिटी अन्तर्गत संगम सिंह ठकुरीको नेतृत्वमा ५४ सदस्यीय क्लासकमिटी निर्माण गरिएको छ । जसको उपाध्यक्षमा लक्ष्मी सुवेदी, ललित कुमाल, सचीवमा शिखर जिसी, सह सचिबमा बर्षा अधिकारी, समिक्षा बेल्वासे र कोषाध्यक्षमा सदिना केसी रहेका छन् ।

अखिल (क्रान्तिकारी) देउखुरी क्याम्पस कमिटीका संयोजक भरत भुसालको अध्यक्षता एबम संगठनका पुर्ब जिल्ला अध्यक्ष कल्याण अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगठनका जिल्ला कार्यालय सदस्य भुवन केसी , जिल्ला सदस्य हरि खनाल , संगठनका देउखुरी बहुमुखी क्याम्पसका बिद्यार्थी नेता हरु प्रदिप खनाल , विनोद शर्मा, बिष्णु कुमाल,सोमेल बुढा लगायतका बिद्यार्थी नेताहरुको उपस्तिथि रहेको थियो ।

Facebook Comments