• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भालुबाङमा रहेको स्वर्गद्वारी विद्यालयको चमेना गृहमा आगलागी




दाङ, ११ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको स्वर्गद्वारी प्राथमिक तथा गृहिणी महिला आधारभूत विद्यालयकाे चमेना गृहमा बिहीबार दिउँसो आगाेलागी भएको छ।

चमेना गृहमा विद्यार्थीहरुलाई खाजा पकाउने क्रममा दिउँसो करिब साढे बाह्र ग्यास लिग भएर आगाेलागी भएको विद्यायकी प्राध्यानाध्यपक सविता चाैधरीले जानकारी दिनु भएको छ।

आगलागीबाट चमेना गृहमा रहेका फर्निचर ,भाँडाकुँडा ,ग्यास चुला,कार्पेट लगायतका सामाग्रीहरु जलेर नस्ट भएको प्राध्यानाध्यपक चाैधरीले जानकारी दिनु भएको छ।

आगाेलागीबाट अन्दाजी करिब बीस हजार बराबरकाे क्षति भएको उहाँले जानकारी दिनु भएको छ।आगाे नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,स्थानीय बासिन्दाहरुकाे सहभागीतामा नियन्त्रण गरिएको थियोे।

Facebook Comments